ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा रत्न र विष्णु भिड्ने

पोखरान्युजडटकम, ५ असार –

नेपाली सेनाका रत्नजित तामाङ्ग र दिपेश धामी, नेपाल प्रहरीका विष्णु कटुवाल तथा भोजपुरका विकास श्रेष्ठ पाँचौं पुष्पलाल स्मृती रयाङिकङ्ग राष्ट्रिय ब्याडमिन्टनको पुरुष एकल तर्फ आईतबार अन्तिम चारमा प्रवेश गरेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

राष्ट्रिय खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिको पुरुष एकलको खेलमा नम्बर एक रत्नले एपिएफका जोसेफ अधिकारीलाई २१–१३, २१–७ ले पराजित गर्दै सेमिमा स्थान बनाए । उनले अब सेमिमा पुलिसका बिष्णु संग प्रतिस्पर्धा गर्ने छन् । बिष्णुले एपिएफका विजीत थापामगरमाथी २१–१९, २१–११ को जित निकाले । यस्तै अर्को सेमिफाईनलमा सेनाका दिपेश र भोजपुरका विकासविच फाईनल प्रवेशको लागि संघर्ष हुने भएको छ । दीपेशले आफ्नै क्लबका नविन श्रेष्ठलाई २ज्ञ–७ र २१–११ले तथा विकासले एपिएफका सुदीप सेंढाईलाई २१–१६ र २१–९ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको प्रतियोगिताको महिला एकल तर्फ सेमिफाईनलमा सेनाका चारै खेलाडीले कब्जा जमाए । लिग चरणको खेलमा ३ जित हात पार्दै नङ्गशल देवी तामाङ्ग समूह क बाट पहिलो र अनुमाया राई दुई जितका साथ दोश्रो हुंदै सेमिमा स्थान बनाउन सफल भए । त्यस्तै समूह ख बाट जेसिका गुरुङ्ग पहिलो र अमिता गिरी दोश्रो हुंदै सेमिफाइनल प्रवेश गरे ।

अब फाईनल प्रवेशका लागि नङ्गशलले अमिता र जेशिकाले अनुमायाको सामाना गर्नु पर्नेछ ।

लिग चरणको आज सम्पन्न खेलमा १२ औं सागकी कास्य पदक विजेता नङ्गसलले सेनाकै अनुमाया राईलाई २१–११ र २१–१२ले पराजित गरिन् । यसैगरि जेसिकाले सुनैना मुखियालाई २१–१६, २१–१५, अमिताले एपिएफकी शोभा गौचनलाई २१–१३, १९–२१ र २१–१६ले र धनगढीकी दुर्गा भण्डारीले सेनाकी मेगा चन्दलाई २१–१८ र २१–११ले पराजित गरे ।

महिला जोडी तर्फ पनि नङ्गशलदेवी तामाङ्ग सेमिफाइनल प्रवेश गरेकी छिन् । सेनाकी नङ्गशलले अमिता गिरी संग मिलेर ब्रदर्श क्लबका डिना पुन र ज्योती सुब्बाको जोडीलाई २१–१५ र २१–१३ ले पराजित गरे । एपिएफका सिता राई र शोभा गौचनको जोडीले सेनाका सनैना मुखिया र जेसीकाको जोडीलाई २१–१२, २१–११, कैलालीकी दुर्गा भण्डारी र ललितपुरकी सुजा राईको जोडीले सेनाकै अनुमाया राई र मेघा चन्दको जोडीलाई २१–१८, २१–१८ तथा एपिएफकी पुजा श्रेष्ठ र विना तुलाचनको जोडीले ललितपुरकी पूर्णिमा राई र संगिता राईको जोडीमाथी २१–१३ र २१–१०को जित निकाल्दै सेमिफाईनलमा स्थान सुरक्षित गर्न सफल भए।

पुरुष जोडी तर्फको खेलमा सेनाका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडीले ललितपुरका प्रनेश चित्रकार र दीपेश शाक्यको जोडीलाई २१–१० र २१–७ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरे । एपिएफका जोसेफ अधिकारी र सुमन लिम्बुको जोडीले नवलपरासीका होमनाथ भण्डारी र सुदीप के.सी.को जोडीलाई २१–१५, २१–११ले, एपिएफका विशाल प्रधान र विमल श्रेष्ठको जोडीले ललितपुरका शैलेश दाहाल र विशाल थापालाई २१–१० र २१–१०ले, भोजपुरका विकास श्रेष्ठ र ललितपुरका राम राईको जोडीले तिनचुलीका डि.बि. तामाङ र पर्साङ्ग शेर्पाको जोडीलाई २१–११ र २१–१२ले, एपिएफका सुदीप सेढाई र विजीत थापाको जोडीले डिबिसीका रामकुमार प्रजापती र लोकेन्द्र तिमल्सिनाको जोडीबाट वाकओभर, कैलालीका जितेन्द्र शर्मा र राजकुमार पोखरेलको जोडीले एपिएफका दिलिप गौचन र विदुर जङ्ग थापाको जोडीलाई २१–७, १५–२१ र २१–१९ ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरे । पुलिसका बिष्णु कटुवाल र दीप बोहरा, एपिएफका पंकज चन्द र ईन्द महता, तथा दीपेश धामी र सुरोज महर्जनको जोडी पनि जित हात पार्दै अर्को चरणमा प्रवेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button