सेनाले सिन्धुलीमा ४८ परिवारका लागि सामूहिक आवास भवन बनाउँदै

पोखरान्युजडटकम , ६ असार –

नेपाली सेनाले सिन्धुलीमा अप्रेशन सङ्कटमोचन सञ्चालन गरेर पुनःनिर्माण–१ अभियान सञ्चानल गरिरहेको छ । वर्षा लागेपछि टहरोमा बसेका पीडितलाई समस्या भएको भन्दै सेनाले सामूहिक आवास निर्माण गर्न लागेको हो ।

पुनःनिर्माण अभियानअन्तर्गत सिन्धुलीमा रहेको सेनाको चण्डीदल गणले कमलामाई नगरपालिका–९ ढुङ्ग्रेवास, बासेश्वर गाविस–३ बलेनी र बितिजोर गाविस–२ बगैँचामा दुई दुई गरी जम्मा छवटा सामूहिक आवास भवनको निर्माण कार्य अन्तिम चरणमा पुरयाएको छ । आवास कोठा, ट्वाइलेट, बाथरुम, किचन र सौय ऊर्जासहितको व्यवस्था हुने उक्त आवासमा एउटा भवनमा आठ परिवार बस्न सक्ने छन् ।

निर्माण हुँदै गरेको छवटा स्टिल बडी भूकम्प प्रतिरोधी भवनमा ४८ परिवार अट्ने चण्डीदल गणका गणपति सूर्यबहादुर अधिकारीले बताउनुभयो । तीनवटै स्थानका भवन असार १० गतेसम्म दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गर्ने लक्ष्य रहेको अधिकारीले बताउनुभयो । छ वटा भवनको निर्माणमा झन्डै रु एक करोड खर्च हुने अनुमान सेनाको रहेको छ ।

विनाशकारी भूकम्पपछि पीडितहरुको उद्धार, राहत तथा पुनःस्थापनामा निकै क्रियाशील नेपाली सेना चण्डीदल गणले जिल्लामा तीनवटा विद्यालय भवन र दुई हजार ३५५ घरटहराको निर्माण गरिसकेको जनाएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button