सरकार असफल – सिटौला

  • पोखरा न्यूज
  • २०७३ अषाढ १९
Post Thumbnail

पोखरान्युजडटकम, १९ असार –

नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले केपी ओली नेतृत्वको सरकार असफल भएको आरोप लगाएका छन । प्रेस युनियन कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा कार्यक्रममा बोल्दै उनले भुकम्प पुर्ननिर्माण, आर्थिक समृद्धि र मुलुकको विकास सबैमा क्षेत्रबाट सरकारले काम गर्न नसकेकोले सरकार नै असफल भएको आरोप लगाएका हुन ।

नेता सिटौंलाले अहिलेको सरकार जनतामाझ रमिते बनेको आरोप लगाउदै उनले भने “ नेपाली कांग्रेस रमिते वनेको होईन बरु ओली सरकार रमिता बनेको छ, न उसले पुर्ननिर्माणको काम गरेको छ, न त समृद्धि र विकासको काम नै गरेको छ, भाषणामा धेरै काम गरेको छ । ’ नेता सिटौलाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सरकारबीच भुकम्प पीडितलाई पहिलो किस्तामा एकमुष्ठ डेढ लाख दिने सहमति सरकारले पालना गर्नेमा आशंका व्यक्त गर्दै भुकम्प गएको पन्द्र महिना बितिसक्दा पनि भुकम्प पीडितले रकम नपाएकाले अबपनि दिनेमा ढुक्क हुन नसकिने बताए ।

नेता सिटौलाले सरकार परिवर्तनका लागि नेकपा माओवादी केन्द्रले निर्णय गरेलगत्तै कांग्रेसले निर्णय गर्ने बताए । उनले कांग्रेसले माओवादीको निर्णय कुरेर बसेको बताए । यद्यपी उनले बहुमतीय भन्दा सहमतीय सरकारनै अहिलेको आवश्यक्ता रहेको भने जिकिर गरे । दलहरुबीच विश्वासको दुरी बढेको बताउँदै उनले भने,—‘३ वटा निर्वाचन सम्पन्न गर्न, भुकम्प पुर्ननिर्माण गर्न र साझा आर्थिक नीति बनाउन पनि सहमतीय सरकार आवश्यक छ ।’ प्रधानमन्त्री को बन्ने र सरकार कसको नेतृत्वमा बनाउने भन्ने विषयमा चर्चा गर्नुअघी राष्ट्रिय एजेण्डामा प्रमुख दलहरुबीच सहमति हुनुपर्नेमा उनको जोड थियो । सिटौलाले अर्थतन्त्रको विषयमा सबै दलको साझा अवधारणा हुनुपर्ने बताए । उनले भने,—‘विकास निर्माण, नीजि लगानी र वाह्य लगानीका विषयमा सबै दलको एउटै धारणा हुनुपर्छ, अनि जो सरकारमा गएपनि त्यहि अवधारणा अनुसार काम गर्नुपर्छ ।’ नेता सिटौलाले स्थानिय निकायको चुनाव माघ÷फागुनमा मात्र सम्भव रहेको बताए । उनले वर्तमान सरकारले जनतालाई स्वतन्त्र, निश्पक्ष र धाँधलीरहित चुनाव हुने विश्वास दिलाउन प्रयास नै नगरेको आरोप पनि लगाए । प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालको अध्यक्षतामा कार्यक्रम भएको हो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस