काठमाडौँ, २३ असार –
हङकङ उड्न लागेको नेपाल वायुसेवा निगमको एयरबस (९ एन–एकेएक्स) विमानमा चरा ठोक्किएपछि ग्राउन्डेड भएको छ ।
५६ यात्रु बोकेर काठमाडौंबाट हङकङका लागि ‘टेकअफ’ गर्न लाग्दा बिहान १० बजे जहाजमा चरा ठोक्किएको थियो । एयरबसका एक पाइलटका अनुसार, विमानस्थलको उत्तरतर्फ रहेको त्रिभुवन आर्मी अफिसर्स गल्फ कोर्स तर्फको धावनमार्ग (टू–जिरो) बाट टेकअफकालागी रनवेमा दौडिरहेकाबेला दायाँ इन्जिनमा चरा ठोकिएको थियो ।
‘चरा इन्जिनमा ठोक्किँदा जहाजले धावनमार्ग छाडीसकेको थिएन, करिब १ सय ४० किलोमिटररप्रतिघन्टाको गतीमा कुदीरहेको थियो,’ ती पाइलटले कान्तिपुरलाई भने, ‘यदी विमानले धावनमार्ग छाडीसकेको भए ठूलो दुर्घटना पनि हुन सक्थ्यो ।’ तर चालकदलले जहाज कन्ट्रोल गर्दै रोक्न सफल भए । उक्त विमानमा क्याप्टेनहरु आरपी ढकाल र प्रदीपराज भण्डारी थिए ।
निगमको कर्पोरेट निर्देशक रामहरी शर्माका अनुसार, उक्त जहाजमा खराबी आएपछि दिल्लीबाट फर्केको निगमको अर्को एयरबस (सगरमाथा) मा यात्रुलाई हङकङ पठाइएको छ । निर्देशक शर्माले चालकदलसहित आठ जना क्रूसहित ५६ यात्रु रहेको र कसैलाई पनि केही नभएको बताए ।
निगम स्रोतका अनुसार, चरा ठोकिएको इन्जिनको बाहिरपट्टीका दुईटा ब्लेड काम नलाग्ने भएकाछन् । ‘ब्लेड बाहिरबाट मगाउनुपर्छ । अरु केही असर परेरनपरेको इन्जिनियरले हेर्नुपर्छ । मर्मतकालागि कति दिन लाग्छ भन्ने बारे एकिन छैन,’ स्रोतले भन्यो ।
हाल निगमको एयरबसले दिल्ली, हङकङ र मुम्बई उडान गर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानकालागि दुईवटा बोइङ र दुईवटा एयरबसगरी चारवटा विमान छन् । तर, करिब एक महिनादेखि निगमको एउटा बोइङ मर्मतकालागि विदेश पठाइएको छ । चरा ठोक्किएर एयरबस ग्राउन्डेड भएरसँगै दुईवटा जहाजले ७ वटा अन्तर्राष्ट्रिय सेक्टरमा गर्नुपर्ने उडानको समयतालिकामा असर पर्ने देखिन्छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution