सहयोग संकलनकार्य स्थगितगर्दै धुर्मुस सुन्तली

काठमाडौँ, ३० असार –

गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि ४ करोड ७५ लाख रुपैँया सहयोग संकलनभएको छ । पाँच करोड अनुमानितलागतमा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण सुरु गरेको परियोजनाका लागि देश तथा विदेशबाट उक्त सहयोग संकलन भएको हो । अब गिरान्चौर एकिकृत बस्ती निर्माणका लागिमात्र २५ लाख रुपैँया आवश्यक छ । बस्ती निर्माणका लागि मृर्गौला पिडित, अपाङ्गता भएका, वद्धवृद्धा एवं बालबालिकाले जन्मदिन तथा अन्य खर्च कटाएर समेत सहयोग गरेका छन् । अब सहयोग संकलन गरीरहेका संघ, संस्था र सहयोगको प्रतिबद्धता जनाएका व्यक्तिहरुले मात्र सहयोग उपलब्ध गराएमा पनि लक्ष्य पुरा हुने धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ । त्यसैले,गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि देश तथा विदेशमा रहेका जति पनि संस्था तथाव्य क्तिहरुले संकलन गर्नु भएको रकम जति सक्दो छिटो पठाउन पनि अनुरोध गरेको छ ।

फराकिलो मन भएकाव्यक्तितथा संस्थाको सहयोगकाकारण छोटो समयमा नै पूर्व निर्धारीतलक्ष्यहाँसीलगर्न लागिएको फाउण्डेशनकीकोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)ले बताएकी छिन् । अब २५ लाखसहयोग जुटेपछि हालकालागिगिरान्चौर एकिकृत बस्ती निर्माण परियोजनाकालागि सहयोग संकलनकार्य स्थगितगरिने उनले जानकारी दिएकी छिन् । परियोजना संचालनगर्दै जाँदालागत बढ्न जाने देखिएमापुनः सहयोगकालागिअपीलगरिने उनले स्पष्ट गरेकी छिन् । अबश्रमदानको आवश्यकता रहेकाले इच्छुक संघ संस्थाले फाउण्डेशनलाई सम्पर्क गर्न सक्ने पनिउनले जानकारी गराएकी छिन् ।

dhurmus suntali 2

वैशाख १२ गते शिल्यान्यास गरेर २९ गतेदेखि मेलम्ची ८, सिन्धुपाल्चोकमागिरान्चौर एकिकृत बस्ती निर्माण सुरु गरिएको थियो । बस्ती निर्माणका लागि देश तथाविदेशबाट थुप्रै सहयोगीहातहरुको साथमिलेकाकारण छोटो समयमै यो रकम जुटेकोप्रति फाउण्डेशनले खुशीएवं सबैमाधन्यवादव्यक्त गरेको छ । अहिलेसम्म फाउण्डेशनले बस्ती निर्माणका लागि ५० लाख७७हजार ९ रुपैँयाखर्च गरेको छ । सो रकमबाट भौतिकपूर्वाधार पानी, सडक मर्मत, घडेरी सम्याउने र निर्माण सामग्रीखरिदगर्ने कामभएको छ । खाने पानीतथा सरसफाई डिभिजन कार्यालय सिन्धुपाल्चोक, विद्युतप्राधिकरण, मेलम्चीनगरपालिकासँगै हजारौँ सहयोगीमनहरुकाकारण एकिकृत बस्ती निर्माण कार्य तिव्र गतिमा अघि बढीरहेको फाउण्डेशनको भनाई छ ।

झरीको बाबुजुदपनिदशैँ अघि नै बस्ती हस्तान्तरण गर्ने लक्ष्य रहेकाले ६५ वटै घरको जगखन्ने काम र गारो उठाउने कामरातदिनजारी राखिएको फाउण्डेशनकाअध्यक्षसिताराम कट्टेल (धुर्मुस)ले बताएका छन् । बस्तीमा पानी, सडकको मर्मत लगायतकाभौतिकपूर्वाधारको विकास सँगै अबकाम अघि बढाउन सजीलो भएको उनको भनाई छ । तर, वर्षाले बाटो बिगारेर निर्माण सामग्री ढुवानीमा समस्यापारीरहेकाले अनुमानीतलागत नै बढ्ने हो कीभन्ने चिन्तापनिउत्तिकै रहेको उनले बताएका छन् । कलाकारीतासँगै समाजीक कामबाट अझै बढी दर्शकको माया र विश्वास पाइरहेकाले जतिसक्दो छिटो र कमलागतमाबालमैत्री, अपाङ्गमैत्रीनमुना बस्ती निर्माण गरेर भूकम्पप्रभावित ६५ परिवारलाई दशैँमा घर उपहार दिने उनीहरुको योजना छ । दर्शककले गरेको विश्वासलाई अझै बढाउने हिसाबले पारदर्शी रुपमाकाम सम्पन्नगर्ने फाउण्डेशनले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button