छिटै फोरजी सेवा सञ्चालन हुने

काठमाडौँ, ३ साउन –

सरकारले मोबाइल प्रयोगकर्ताको सुविधाका लागि आगामी असोज(अक्टोबर) महिनापछि नेपालका प्रमुख सहरी क्षेत्रमा ‘फोरजी’ सेवा सञ्चालनमा ल्याउने भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाटमा रेडियो फ्रिक्वेन्सी निर्धारण समितिका अध्यक्षसमेत रहनुभएका सूचना तथा सञ्चार मन्त्री शेरधन राईले तीन महिनापछि यो सेवा सञ्चालनमा ल्याउन प्रयास भइरहेको बताउनुभयो ।

सरोकारवाला तथा विज्ञसँगको छलफलमा रेडियो फ्रिक्वेन्सी (बाँडफाँँड तथा मूल्यसम्बन्धी) नीति २०७३ लाई परिमार्जनसहित लागू गरिएको जानकारी दिँदै उहाँले अबदेखि रेडियो फ्रिक्वेन्सी सेवालाई व्यवस्थित रुपले प्रयोगमा ल्याइने र यसका लागि तटस्थताको नीति अपनाइएको पनि बताउनुभयो ।

वितरण भएका फ्रिक्वेन्सी कुनै पनि सेवाप्रदायक संस्थाले होल्ड गरेर राख्न नपाउने, बढी भएका फ्रिक्वेन्सी फिर्ता गर्नुपर्ने र प्रयोगमा आएका सेवा प्रदायक संस्था एकआपसमा गाभिन चाहे मार्गप्रशस्त गरिने बताइएको थियो ।

पत्रकार भेटमा दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा र नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले परिमार्जित नीतिबाट सेवा प्रदायक संस्थाले एक हजार ८०० ब्यान्डमा एलटिइ-फोरजी सेवा र ९०० ब्यान्डमा थ्रिजी सेवा सञ्चालन गर्न पाउने, ग्रामीण दूरसञ्चार कोष परिचालन गरी सबै दुर्गम ग्रामीण क्षेत्रलाई अप्टिकल फाइबरको सञ्जालमा जोडिने, यस क्षेत्रमा दोहोरो लगानीलाई निरुत्साहित गरिने जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button