पोउबा संघको व्यापार मेलाबाट १० लाख बचत , अर्को मेला आउँदो मंसिरको अन्तिम साता

पोखरा, ९ साउन –

पोखरा उद्योग वाणिज्य संघले राष्ट्रिय औद्योगिक व्यापार मेलाबाट १० लाख २८ हजार ८ सय ४१ रुपैयाँ मात्र बचत भएको जानकारी दिएको छ ।

गएको फागुन २१ गतेदेखि चैत १ गतेसम्म आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको आयव्ययबारे जानकारी दिन आज(आइतबार) आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष विन्दुकुमार थापाले सो जानकारी दिनुभएको हो ।

उहाँका अनुसार मेलाको प्रायोजन, टिकट बिक्री लगायतका सबै शीषर्कहरुबाट कुल ९१ लाख ३१ हजार,८ सय ८ रुपैयाँ आम्दानी, विभिन्न शीर्षकहरुमा ७८ लाख ९९सय हजार ८ सय ७६ रुपैयाँ खर्च हुँदा सो रकम बचत भएको हो । मेला लगत्तै पूर्व घोषित कार्यक्रम अनुसार पोखरा प्रदर्शनी केन्द्रको भौतिक निर्माणमा २ लाख ३ हजार ९१ रुपैयाँ खर्च गरिएको तथा प्रति टिकटबाट बालश्रम न्यूनिकरण कार्यक्रमको लागि छुट्याइएको १ रुपैयाँको दरले ३० ह जार ४ सय ३६ रुपैयाँ प्रदान गरिएको एवं समग्र पोखराको लागि प्रति टिकट ४ रुपैयाँको दरले १ लाख २१ हजार ७ सय ७४ रुपैयाँको कोष खडा गरिएको उहाँले जनाउनुभयो ।

यो पटकको मेलामा ३० हजारको हाराहारीका अवलोकनकर्ताले मात्र टिकट काटेर मेलाको अवलोकन गरेका थिए । यो अघिल्ला वर्षहरुको तुलनामा साह्रै नै कम भएको आयोजक संस्थाले स्वीकारेको छ । ‘अनपेक्षित मौषम, सीमा केन्द्रित आन्दोलनकै सेरोफेरोमा सृजित नाकाबन्दीका कारण यो पटकको मेलामा सोचेजस्तो अवलोकनकर्ताहरुको सहभागिता हुन नसकेको हो’, विज्ञप्तिमा भनिएको छ,‘ मेला पश्चिमाञ्चल क्षेत्रमा ब्यवसाय बिस्तारको संभावनाको खोजी गर्ने उदेश्यमा सफल हुँदा विषम परिस्थितिका कारण अवलोकनकर्ताको उपस्थिति नभएको सत्य गौण बन्न पुगेको हाम्रो ठम्याई छ । ’

लगानीको सम्वद्र्धनः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नाराका साथ आयोजित मेलाले पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउने उदेश्यले बोकेको थियो ।

संघले निरन्तर मेला र महोत्सव आयोजना गर्दै आएको अनुभव र मेला तथा महोत्सवको लागि उपर्युक्त मौषमलाई समेत ध्यान दिँदै राष्ट्रिय औद्योगिक व्यापार मेला २०७३ आउँदो मंसिर २३ गते देखि पुसको ४ गतेसम्म आयोजना गर्ने निर्णय भएको सार्वजनिक समेत गरेको छ । मेलाको यो तिथी लेखनाथ उद्योग वाणिज्य संघसँगको समन्वयमा तय गरिएको उहाँले जनाउनुभयो । यस अगाडि मूल आज( आइतरबार ) नै बसेको मूल आयोजक समितिको बैठकले मेलाको आयोजनाबारे समीक्षा गर्दै मेला सफल बनाउन सघाउने सम्पूर्ण महानुभावप्रति धन्यवाद ज्ञापन गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button