विषम परिस्थितिमा पनि कास्कीको राजश्वमा भारी बृद्धि

पोखरा, १३ साउन – 

अघिल्लो बर्षको तुलनामा करीब २ अर्व राजश्व संकलन

आर्थिक बर्ष २०७२-०७३ नेपालीहरुको निकै कालो बर्षको रुपमा रह्यो तर पनि कास्कीमा भने राजश्वमा भारी बृद्धि भएको छ। २०७२ सालको सुरुमै विनाशकारी भुकम्प त्यसपछि लगतै भारतीय नाकावन्दीको मार खेपेका नेपाली जनतालाई आर्थिक हिसावले माथि उठ्न निकै कठिन भएको विषम परिस्थितीमा पनि कास्कीमा भने राजश्व संकलनमा अघिल्लो बर्षको तुलनामा भारी बृद्धि भएको हो ।

कास्कीमा आर्थिक बर्ष २०७१-०७२ भन्दा गत आर्थिक बर्षमा २७ प्रतिशत अर्थात १ अर्व ९५ करोड ५८ लाख ३८ हजार ८ सय ९५ रुपैया बढी राजश्व संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय कास्कीले जनाएको छ । आर्थिक बर्ष २०७२-०७३ मा कास्कीमा रहेका करीब १ सय सरकारी कार्यालयबाट ७ अर्व ५ लाख ७० हजार एक सय ९ रुपैया राजश्व संकलन भएको कार्यालयले हामीलाई दिएको तथ्याङकमा उल्लेख भएको छ । आर्थिक बर्ष २०७१-०७२ मा कास्कीमा ५ अर्व ४ करोड ४७ लाख ३१ हजार २ सय १४ रुपैया राजश्व संकलन भएको थियो ।
कास्कीमा सबै भन्दा बढी राजश्व संकलन गर्ने संस्था आन्तरीक राजश्व कार्यालय पोखरा रहेको छ । उक्त कार्यालयले आर्थिक बर्ष २०७२-७३ मा अघिल्लो बर्षको तुलनामा मात्र २८ प्रतिशत अर्थात १ अर्व ३९ करोड ५० लाख ५९ हजार २ सय ४१ रुपैया राजश्व संकलन गर्न सफल भएको कोष तथा लोखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक केशबराज ढकालले बताए । आर्थिक बर्ष २०७२-०७३ मा आन्तरीक राजश्व कार्यालय पोखराले ४ अर्व ८९ करोड ३९ लाख ४ हजार १ सय ३४ रुपैया राजश्व संकलन गर्न सफल भएको छ । आर्थिक बर्ष २०७१-०७२ मा कास्कीमा ३ अर्व ४९ करोड ८८ लाख ४४ हजार ८ सय ९३ रुपैया राजश्व संकलन भएको थियो ।

यस आर्थिक बर्ष २०७२-०७३ मा यातयात व्यावस्था कार्यालय गण्डकी अञ्चलबाट ५९ करोड १७ लाख १० हजार, यातयात व्यावसथा कार्यालय, सवारी चालक अनुमतिपत्र गण्डकीबाट ६ करोड १७ लाख ४२ हजार, डिभिजन सडक कार्यालयबाट १ करोड १५ लाख ५ हजार, जिल्ला प्रशासन कार्यालय कास्कीले ६ करोड ९७ लाख ९ हजार, अध्यागमन कार्यालय पोखराले ३ करोड ८३ लाख ८ हजार, जिल्ला अदालतले २ करोड ८४ लाख १६ हजार, जिल्ला ट्राफिक कार्यालयले २ करोड ४ लाख ७१ हजार, लोक सेवा आयोग क्षेत्रिय कार्यालयबाट एक करोड ६ लाख ९६ हजार, जिल्ला विकास समिति कास्कीबाट १७ लाख ३५ हजार, पोखरा उपमहानगरपालीका कार्यालयबाट ८० हजार राजश्व संकलन भएको कार्यालयका कम्पुटर शाखाका गंगा थापाले जनाए । कास्कीमा एक सय पाँच सरकारी कार्यालयहरु रहेकोले २-३ वटा वाहेक अन्य सबै जसोले विभिन्न काम गरे पनि धेरै थोरै राजश्व संकलन गर्ने गरेको थापाले जनाए ।

यातयात व्याबस्था कार्यालयमा ग्लोवल आईएमई, आन्तरीक राजश्व कार्यालय र मालपोत कार्यालयमा बैंक अफ काठमाण्डोैंले राजश्व संकलन गरेकोले तथा राजश्व सुचना प्रणाली (आरएमएस) जस्ता कुराले गर्दा यस आर्थिक बर्ष २०७२-०७३ मा राजश्वमा बृद्धि भएको कोष तथा लोखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक ढकालले बताए । कास्की सहित देशका धेरै ठाँउमा करको दायरामा धेरै संघ संस्था तथा व्यापारीक प्रतिष्ठानहरु आउन अझे पनि सकेका छैनन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button