भुकम्प पीडितलाई ट्याक्सी दर्ता अव्यवहारीक – व्यावसायी

पोखरा, १९ साउन –

नेपाल सरकारले भुकम्प प्रभावितहरुको लागि एक हजार ५ सय नयाँ ट्याक्सी दर्ता दिने निर्णय प्रति यातयात व्यावसायीहरुले आपती जनाएका छन । ट्याक्सी ब्यबसायी समिति पोखराको ३६ औं महासमिति बैठक तथा साधारण सभामा वौल्दै यातयात व्यावसायीहरुले भूकम्प प्रभावितहरुले १८ लाख मूल्य पर्ने ट्याक्सी संचालन गर्न नसक्ने भन्दै आपति जनाएका हुन ।

नेपाल यातायात राष्ट्रिय व्यावसायी महासंघका महासचिव सरोज सिटौलाले सरकारले भूकम्प प्रभावितहरुलाई ट्याक्सी दर्ता दिने निर्णय गर्नु नाटक भएको आरोप लगाउदै उनले भने “भूकम्प प्रभावितहरुलाई विदेशीले दिएको रकम सहि ढंगले वितरण गर्न नसक्ने सरकारले, त्रिपाल मुनि एक छाक खाना खान नसक्ने अबस्थाका जनतालाई ट्याक्सी संचालनको लागि दर्ता दिन्छु भन्नु अव्यवहारीक कुरा गर्नु हो । ” सरकारलाई चुनौती दिदै उनले भूकम्प प्रभावितहरुलाई पूर्ण रुपमा भन्सार छुट दिएको खण्डमा २ हजार सम्म ट्याक्सी संचालन गरे पनि आफुहरुले कुनै आपति नजनाउने उनको भनाई थियो । महासचिव सिटौलाले मधेश आन्दोलनलाई सघाउन भारतले गरेको नाकाबन्दीलाई यातायात ब्यबसायीले जोखिम मोलेर पनि विफल पारेको दाबी गरे ।

सिटौलाले संघीयता आएपछि सवारी साधनलाई प्रन्तैपिच्छे कर लगाइए त्यो कर नतिने घोषणा गरे । उनले निश्चित ठाउँमा कर तिरेपछि मेचीदेखी महाकालीसम्मै सवारी सञ्चालन गर्न पाउनुपर्ने माग गरे । यातयात क्षेत्रमा निजी क्षेत्रको करीब ३ खर्व लगानी भएको उनले दाबी गरे ।

कार्यक्रममा महासंघका कार्यवहाक अध्यक्ष डोलनाथ खनालले समिति भित्र संकट आउदा व्यावसायीक मर्यादामा रहेर काम गर्नुपर्ने बताए । उनले ब्यबसायीलाई सिण्डिकेट लगाएको आरोप लगाउने सरकारले नै सवारीको संख्या तोकेर कार्टेलिङ्ग गरेको आरोप लगाए । व्यावसायीहरुको पुज्ािं र व्यावसाय संरक्षणको लागि सवै व्यावसायी एक हुनु पर्ने उनको भनाई थियो ।

समितिका अध्यक्ष गान्धिराज गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष विजय बहादुर स्वाँर, उपाध्यक्ष भरत तिमिल्सिना, सदस्य ऐनकुमार साई, नेकपा एमाले सचिवालय सदस्य युवराज पौडेल, नेपाली कागेंस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डे, मजदुर नेता रमेश स्ािंहखडा, विष्णु खत्रि र जित बहादुर तमु, राष्ट्रिय यातयात व्यावसायी महासंघका पश्चिमाञ्चलका अध्यक्ष सिंहबहादुर कार्की, समिति बरिष्ठ उपाध्यक्ष प्रकासमणि तिवारी लगायतले नेपालको यातयात क्षेत्रको बारेमा चर्चा गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button