सहिद स्मृतिस्तम्भमा माल्यार्पण

काठमाडौँ, २० साउन –

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गरेपछि पेरिसडाँडास्थित केन्द्रीय पार्टी कार्यालयमा रहेको सहिद तथा बेपत्ता योद्धा स्मृतिस्तम्भमा माल्यार्पण गर्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री कृष्णबहादुर महरा र युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले पनि स्तम्भमा माल्यार्पण गर्नुभयो । त्यसअघि प्रधानमन्त्रीले सहिद स्मारक लैनचौर र कीर्तिपुर चम्पादेवीस्थित नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको प्रतिमामा माल्यार्पण गर्नुभएको थियो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button