जाँतेमा खानेपानीको हाहाकार

पथरी (मोरङ), २१ साउन –

मोरङको जाँते गाविसमा शुद्ध पिउनेपानीको हाहाकार भएको छ ।

जाँते खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष डिल्ली विश्वकर्माका अनुसार विगत ३० वर्षदेखि सञ्चालनमा आएको सो खानेपानी योजनाको पाइप गत साउन १० गते स्थानीय तेली खोलामा आएको बाढीले बगाएपछि जाँतेका एक हजार ५०० घरपरिवार खानेपानीबाट वञ्चित भएका हुन् ।

उपभोक्ता समितिका अध्यक्ष विश्वकर्माका अनुसार जाँतेका वडा नं १, २, ८ र ९ का करिब एक हजार ५०० घरपरिवार शुद्ध खानेपानी पिउनबाट वञ्चित भएका छन् । पानीको अभाव भएपछि स्थानीयवासी दूषित पानी छानेर खान बाध्य हुन पुगेको विश्वकर्माको भनाइ छ ।

खानेपानीको विकल्प व्यवस्था नगरिए त्यहाँ दूषित पानीकाकारण महामारी फैलन सक्ने खतरा बढेको जानकार बताउँछन् । सो खोलाको मुहानबाट चारवटा पाइपमार्फत स्थानीयवासीलाई खानेपानी वितरण गरिँदै आएको थियो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button