नेपालमा अस्ट्रेलियाली लगानी भित्र्याउन आग्रह

काठमाडौँ, २८ साउन –

नेपाल उद्योग वाणिज्य महासङ्घले मुलुकमा पछिल्लो समय औद्योगिक क्षेत्रमा लगानीको वातावरण बनेकाले विदेशी लगानी भित्र्याउन व्यवसायीलाई आह्वान गरेको छ ।

महासङ्का वरिष्ठ उपाध्यक्ष भवानी राणाले नेपाली बजारमा पहिलो पटक भित्रिएको अस्ट्रेलियाली मदिराको बिहिबार सार्वजनिक गर्दै राजनीतिक परिवर्तनपछि मुलुक आर्थिक समृद्धिका बाटामा अघि बढेको र नेपालमा औद्योगिक क्षेत्रमा लगानी गर्ने वातावरण बनेकाले लगानी भित्र्याउन अस्ट्रेलियाली व्यवसायीलाई आग्रह गर्नुभयो ।

फ्रेस फुड ट्रेड कम्पनीले पहिलो पटक विभिन्न प्रकारका गुणस्तरयुक्त मदिरा नेपाली बजारमा ल्याएको हो । विभिन्न पाँच किसिमका बुटिक अष्ट्रेलियन वाइन कम्पनीका सञ्चालक सुनिल शाहले बताउनुभयो ।

उक्त वाइनको वरिष्ठ उपाध्यक्ष राणा, नेपाल–अष्ट्रेलिया चेम्बर अफ कमर्शका अध्यक्ष चापागाई र नायक तथा कम्पनीका ब्राण्ड एम्बेसडर डा रेश मरहट्ठाले सार्वजनिक गर्नुभएको थियो ।

नेपाल–अस्ट्रेलिया चेम्बर अफ कमर्सका अध्यक्ष अखिलकुमार चापागाईँले नेपालमा बजारको प्रशस्त सम्भावना रहेको बताउनुभयो । अस्ट्रेलियन टेरा फिलिक्स कम्पनीका सञ्चालक पिटर साइमन र बायरन एन्ड हेरोल्ड वाइनका सञ्चालक पल बायरनले नेपालमा अन्य व्यवसाय पनि विस्तार गरिने जानकारी दिनुुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button