पोखराको केदारेश्वर मन्दिरलाई रु आठ लाख

पोखरा, ३२ साउन –

पोखराका उद्योगपति एवम् पूर्वसांसद सूर्यबहादुर केसीले फेवाताल किनारमा रहेको केदारेश्वर मन्दिरलाई सोमबार रु आठ लाख सहयोग गर्नुभएको छ ।

मन्दिरको व्यवस्थापन एवम् पूजापाठमा सहयोग पुर्याउने उद्देश्यले मन्दिरका पीठाधीश लेखनाथ आचार्यलाई उक्त रकम हस्तान्तरण गर्नुभएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

यसैबीच, साउनको अन्तिम सोमबार बोलबम जलयात्रा भव्य एवम् उल्लासमय वातावरणमा सम्पन्न भएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button