आविष्कार केन्द्रका लागि सहयोग सङ्कलन

बाबियाचौर(म्याग्दी), ४ भदौ –

राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि म्याग्दीमा समुदायस्तरबाट आर्थिक सहयोग जुटाउन सुरु भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

विज्ञान, प्रविधि, स्वास्थ्य, कृषि, वन तथा वातावरण लगायतका विषयमा अध्ययन गरी देश विकासमा सघाउने उद्देश्यले स्थापना हुन लागेको केन्द्रलाई सहयोग जुटाउन यो अभियान सुरु गरिएको हो ।

म्याग्दी उद्योग वाणिज्य सङ्घले आज बिहान बेनीमा आविष्कार केन्द्रका अभियन्ता महावीर पुनसँग अन्तक्र्रियाका लागि आयोजना गरेको कार्यक्रममा सहभागीले स्वफूर्त रुपमा सहयोग घोषणा गरेका हुन् । रु चार लाख सहयोग घोषणा भएको म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव राजेश शाक्यले जानकारी दिनुभयो । सहयोग घोषणा गरेकाहरुलाई ईसेवा नेपाल संस्थाको खातामा रकम जम्मा गर्न अनुरोध गरिएको छ ।

अभियन्ता पुनले खोज, अनुसन्धानको माध्यमबाट देशको विकासमा सघाउने उद्देश्यले आविश्कार केन्द्र स्थापना गर्न लागिएको जानकारी दिनुभयो ।

सरकारी निकायबाट आश्वासन मात्र पाएको र धेरै समय झुलाउने काम भएको गुनासो पोख्दै पुनले जनताको सहयोगमा केन्द्र स्थापना गर्ने प्रतिवद्धता जनाउनुभयो । केन्द्र स्थापनाका लागि पुनले कास्कीको बेगनासमा रहेको तिन करोड रुपैया मूल्य पर्ने तिन सय रोपनी जग्गा समेत दान गर्ने घोषणा गर्नुभएको छ ।

म्याग्दीको राम्चे २ नांगीमा जन्मनुभएका पुनले विगत २५ वर्षदेखि नेपालको ग्रामिण क्षेत्रमा वेतारे प्रबिधिको ईन्टरनेट पहुँच विस्तार गर्ने अभियानमा सक्रिय हुनुहुन्छ । उहाँ सन २००७ मा रोमन म्यागासेसे पुरस्कारबाट सम्मानीत हुनुभएको थियो । पुरस्कारको रकम, चन्दादाताको सहयोगबाट उहाँले ग्रामिण बस्तीमा सूचना प्रबिधिको पहुँच विस्तारको काम गर्दै आउनुभएको छ ।

पुनको प्राबिधिक सहयोगमा जिविस, समुदाय, प्रवासी म्याग्देली र दुरसञ्चार प्राबिधिक कोषको लगानीमा म्याग्दीका सबै बस्तीमा ईन्टरनेट सेवाको पहुँच पुरयाउने योजना सञ्चालन भएको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button