सार्क अर्थमन्त्रीस्तरिय बैठक लगानी प्रवद्र्धनमा केन्द्रित हुने

काठमाडौँ, ६ भदौ –

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को आठौँ अर्थमन्त्रीस्तरीय बैठक यस क्षेत्रको व्यापार सहजीकरण तथा लगानी प्रवद्र्धनका मुद्दामा केन्द्रित हुने भएको छ ।

यही अगष्ट २५ र २६ तारिखमा पाकिस्तानको राजधानी स्लामावादमा हुने बैठकमा क्षेत्रीय व्यापार तथा लगानीका विषयले प्राथमिकता पाउने भएको हो ।

सार्क मुलुकले अर्थमन्त्रीस्तरीय बैठकमा व्यापार सहजीकरणदेखि ‘साउथ एसियन इकोनोमिक युनियन’ बनाउनेसम्मका विषयमा छलफल हुँदै आएको छ । पछिल्लो बैठकमा व्यापार सहजीकरण तथा ‘कनेक्टिभिटी’का विषयले प्राथमिकता पाउने अर्थमन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका उपसचिव सूर्य पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्रीस्तरीय बैठकपछि दक्षिण एसियाली मुलुकको पूर्वाधार विकासका लागि सार्क विकास कोषको सञ्चालनका सम्बन्धमा सहभागी मन्त्रीबीच छलफल हुनेछ । गतवर्ष नेपालमा भएको साताँैं सार्क अर्थमन्त्रीस्तरीय बैठकका निर्णयको कार्यान्वयनको समीक्षा हुनेछ ।

बैठकमा भाग लिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले पाकिस्तान जाने कार्यक्रम तय भएको उहाँका प्रेस सल्लाहकार त्रिभुवन पौडेलले जानकारी दिनुभयो । रासस

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button