पोउवा संघमा कर सम्बन्धी प्रशिक्षण

पोखरा, ६ भाद्र –

करको दायरा बढाउँदै आन्तरिक राजश्व कार्यालय

पोखरा उद्योग वाणिज्य संघ र आन्तरिक राजश्व कार्यालय पोखराको संयुक्त आयोजनामा सोमवार नेपाल सरकारद्धारा लागु गरिएका करहरुका सम्वन्धमा पोखरास्थित वस्तुगत संघका पदाधिकारीहरुलाई जानकारी एवं प्रशिक्षण प्रदान गर्ने कार्य सम्पन्न भएको छ ।

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले करको दायित्वबाट उन्मुक्ति नपाउनेमा उद्योगी-व्यवसायीहरु प्रष्ट रहेको बताउँदै स्वतःस्फूर्त कर तिर्ने वातावरण निर्माणमा सम्बन्धित निकायहरुले ध्यान पु¥याउनुपर्ने बताउनुभयो । आफूले तिरेको करको सही सदुपयोग व्यवसायीहरुको चासो भएको उहाँको भनाई थियो ।

पोखरा उद्योग वाणिज्य संघको कर प्रशासनसँग सुमुधुर सम्बन्ध रहेको र आन्तरिक राजश्व कार्यालयले आयोजना गर्ने वार्षिक पूर्व बजेट कार्यक्रममा विभिन्न सुझावहरु प्रदान गर्नुको साथै कर तिर्ने व्यवसायीहरुको सुविधाको पक्षमा आवाज उठाउँदै आएको पनि उहाँले स्मरण गर्नुभयो । अहिले घर भाडाको सवालमा घरधनी र व्यवसायीहरुबीच समस्या देखिएको उल्लेख गर्दै उहाँले सो समस्या समाधानको लागि आन्तरिक राजश्व कार्यालयले ध्यान दिनुपर्ने बताउनुभयो । व्यवसायीले घर भाडामा लिँदा नै सम्झौतापत्रमा घर भाडा कर घर धनीले नै तिर्ने गरी सम्झौता गरिनुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख लेखनाथ शर्माले वेला वेलामा पोखरा उद्योग वाणिज्य संघले कर संवन्धी जानकारीमुलक कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । गण्डकी धौलागिरीका १० वटा जिल्लामा ७० हजार करदाता रहेको जनाउँदै थप व्यवसायीहरुलाई करको दायरामा ल्याउने आन्तरिक राजश्व कार्यालयको उदेश्य रहेको बताउनुभयो पछिल्लो १० महिनामा आन्तरिक राजश्व कार्यालयले तोकेकोभन्दा ४१ करोड बढी असुली गरी “ए प्लस प्लस” प्राप्त गरी उत्कृष्ट कार्यालयको रुपमा चिनिन सफल भएको जानकारी गराउनुभयो । उहाँले अप्रत्यक्ष कर अनिवार्य तिर्नुपर्ने, नयां संचालन भएका व्यवसायलाई अनिवार्य दर्ता गराई कर कार्यालयबाट हुने दण्ड जरिबानाबाट सुरक्षित हुन उहाँले व्यवसायीहरुलाई आग्रह गर्नुभयो । करको दायित्वबाट उन्मुक्ति नपाइने सत्यलाई मनन गर्दै अगाडि बढ्नु पर्नेमा उहाँको विशेष जोड थियो । कार्यक्रममा कर सम्वन्धी दर्ता प्रक्रिया, करका किसिम, कर तिर्ने समय आदिका वारेमा पोखरा आन्तरिक राजश्व कार्यालयका कर अधिकृत नारायण प्रसाद वास्तोलाले जानकारी गराउनुभएको थियो ।

पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष देव क्षेत्रीको धन्यवाद तथा महासचिव रवीन्द्रबहादुर प्रजुको संचालन रहेको कार्यक्रममा संघका कासस नारायण कोइराला, सीता गुरुङ,अर्जुन पोखरेल, अधिकृत बिक्रेता संघका अध्यक्ष सुरेश अधिकारी,फ्लोरिङ फर्निसिङ व्यवसायी संघका अध्यक्ष रहमोहन सुवेदी, पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियसनका अध्यक्ष के.पी शर्मा , मदिरा व्यवसायी समितिका अध्यक्ष तारानाथ ढुंगाना, कपडा व्यवसायी एशोसियसन पोखराका अध्यक्ष यमनाथ तिमिल्सीना, एन प्याप्सन कास्कीका अध्यक्ष रामबहादुर मोची, इलेक्ट्रोमेकानिकल संघका संस्थापक अध्यक्ष डिल्लीराज राजभण्डारी र कृष्णराज पोखरेलले लगायतले कसैले कर नतिरे पनि हुने र जसले कर तिर्दैै आएको छ उसलाई बढी निगरानीमा राखिने,कर कार्यालयबाट कर तिरे नतिरेको निगरानी नगरिने, करका नियम आदि विषयमा चेतनामुलक जानकारी प्रदान नगरिने, कर तिर्न आन्तरिक राजश्व कार्यालयमा विभिन्न झन्झट व्यहोर्नुपर्ने ,होटल रेष्टुरेण्टबाट बिल काटी व्यवसाय गर्दा पनि झन्झट व्यहोर्नुपर्ने जस्ता समस्या समाधानमा आन्तरिक राजश्व कार्यालयले ध्यान दिनुपर्ने सुझाव दिनुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button