पोउवा संघको अध्यक्षका प्रत्यासी पालिखेले समावेशी प्यानल भन्दै प्रतिबद्धतापत्र सहित सार्वजनीक गरे यस्तो टिम

गणेश बराल (DMB)

पोखरा २५, भदौ –

पोखरा उद्योग बाणिज्य संघको ३१ औं महाधिवेशनका अध्यक्षका प्रत्यासी विश्वशंकर पालिखेले आफ्नो टिम सहितको प्यानल घोषणा गरेका छन् ।  पालिखेले शुक्रबार पत्रकार सम्मेलन गरी आफ्नो प्रतिवद्धता सहितको  प्यालन घोषणा गरेका हुन्  ।

जातिय,लैङ्गिक, राजनीतिक तथा ब्यबसाय सबैका हिसाबले  समावेशी र योग्य उमेदवार समावेश गरी टिम तयार पारेको दाबि गर्दै उनले  ब्यबसायीको हक, हित र समृद्धिका लागि  लागिपर्दै  समृद्ध पोखरा निर्माणमा आफ्नो नेतृत्व हरदम लागिपर्ने  प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनको नेतृत्वमा  सार्बजनिक गरिएको प्यानलको बरिष्ठ उपाध्यक्षमा रविन्द्र बहादुर प्रजु, उद्योग तर्फको उपाध्यक्षमा गोकर्ण कार्की, बाणिज्य तर्फको उपाध्यक्षमा केदार नाथ भट्टराई , महासचिवमा दामु अधिकारी, कोषाध्यक्षमा पवन प्रजापती, उप-महासचिवमा नविन वराल रहेका छन् भने  सदस्यहरुमा  अनिल सिग्देल, किसान सुनार, गीता तिवारी,  देबकृष्ण काफ्ले, प्रेम प्रसाद पौडेल, प्रेम बहादुर भूजेल, पवित्रा गुरुङ, यदुनाथ अधिकारी, सीता बराल र सुरेन्द्र बिजुक्छे रहेका  छन।

palikhe-pannel

पालिखेले आफनो  १० बुंदे  प्रतिबद्धता पत्र सार्वजनीक गर्दै  आफुले  २०६१ सालको निर्बाचनमा  अध्यक्षमा उठदा पनि विमानस्थलको निर्माणको एजेण्डा उठाएको र अहिले पनि आफनो पहिलो एजेण्डा विमानस्थलकै रहेको बताए । विमानस्थल समयमै निर्माण सम्पन्न गर्न र संचालनमा ल्याउन आवश्यक भुमिका निर्वाह गर्न प्रतिबद्ध रहेको बताउदै  उनले ब्यवसायीका सवै खालका समस्या निकराकणका लागी पोखरा उद्योग बाणिज्य संघलाई अग्रणी बनाउदै संस्थागत  रुपमै नीतिगत रुपमै समस्या समाधानका लागी आफनो टिमले पहलकदमी लिने बताए । पोखरा उद्योग वाणिज्य संघ स्थानिय देखी अन्र्तराष्ट्रिय स्तरका सबै व्यवसायी र उद्योगीहरुको साझा संस्थाका रुपमा रहेको बताउदै व्यवासायीहरुको क्षमता बृद्धि गर्न विभिन्न तालिम, भ्रमण र गोष्ठीहरु आयोजना गर्ने प्रतिबद्धता जनाए ।

उनले समृद्ध पोखरा सबैको  सपना भएको र यो आफुहरुको  मूल मन्त्र भएको   बताउदै पोखराको समग्र विकास गुरु योजना, प्रारुप र त्यसको प्रभावकारी कार्यान्वयनको खाका बनाएर अभियान सञ्चालन गर्न सके समृद्ध पोखरा सम्भव छ भन्ने  आफुहरुको  बुझाई रहेको र यसका लागी कटिबद्ध रहेको बताए ।

उनले पोखरा ४ नम्वर प्रदेशको राजधानी भएकाले र प्राकृतिक श्रोत साधनले सम्पन्न पर्यटन, जलविद्युतको प्रचुर सम्भावितर विप्रेषणका दृष्टिले पनि अत्यन्त महत्पूर्ण प्रदेशका रुपमा राष्टिय विकासमा पोखराको निर्णार्यक भुमिका रहने बताउदै पोखरालाइ  समृद्ध बनाउनमा  आफुहरु दृढ रहेको बताए । सरकारले उठाउने घर बहाल कर ब्यवस्थित बनाउन आवश्यक भएको र त्यसका  लागी प्रतिबद्ध रहेको पनि उनले  बताए ।

पालिखेले ब्यवसायीहरु  आफना काममा ब्यस्त हुदा  कहिलेकाही अकल्पनीय दुर्घटना पनि हुनसक्छ,  त्यस्तो बेला सहयोगको पुगोस भन्ने हेतुले  सम्पूर्ण ब्यवसायीहको सामुहिक विमा  गराउने तथा हेल्प डेस्कको प्रभावकारी बनाउने बताए । उनले व्यवसायलाई समयसापेक्ष तथा सहज बनाउन अनलाईन सेवा सञ्चालन गरिने र  सचिवालायलाई सबैको पहुँच पु¥याउने उद्धेश्य अनुरुप प्रविधियुक्त बनाउने, व्यवसायी र मजदुर सम्बन्ध प्रगाढमा प्रयास गर्ने , पोखराको खानेपानी सुदृढिकरणका लागि पहल गर्ने, ट्राफिक समस्या समाधान लागि पहल गर्ने  र  पोखरा पर्यटकीय सहर पनी भएकाले पोखरालाई सुरक्षित र सफा राख्न भूमिका खेल्ने  जस्ता कुराहरु आफ्नो चुनावी प्रतिबद्धतामा उल्लेख गरेका छन् ।

संघको महाधिवेशन भदौ ३१ र असाज १ गते  हुदैछ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button