धार्मिक भेलामा सात लाख रकम सङ्कलन

पोखरा, २५ भदौ-

धार्मिक क्षेत्रको विकास गर्न स्थानीय बासिन्दाको आज भएको भेलामा रु सात लाख भन्दा बढी रकम सङ्कलन गरेर “जहाँ धर्म त्यहाँ धन” भन्ने उखान चरितार्थ भएको छ ।

महत्वपूर्ण र रमणीय स्थानमा रहेर पनि खासै प्रचारप्रसारमा आउन नसकेको पोखरा उपहानगरपालिका– १७ स्थित रातोपैह्रा सामुदायिक वन अन्तर्गत रहेको ओमकारेश्वर महादेव मन्दिरको जीर्ण आश्रम भवन निर्माण गर्ने उद्देश्यले आयोजित भेलामा सो रकम सङ्कलन भएको हो ।

सेती नदीको तटमा रहेको सो स्थानमा शिव र गणेश मन्दिर निर्माण गरिएको छ भने स्थानीय सक्रियतामा एक धर्मशाला, किरियापुत्री घर निर्माण गरी खानेपानीको समेत व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देबबहादुर विकले बताउनुभयो ।

उहाँका अनुसार मन्दिर परिसरमा रहेको आश्रम जीर्ण भई बसोवासका लागि असुरक्षित हुँदै गएपछि सो भवनलगायत विभिन्न विकास निर्माण गर्न अभियान सुरु गरिएको हो । सो आश्रममा मन्दिरको स्थापना कालदेखि साधु देवानन्द गिरी बस्दै नित्य पूजापाठ सञ्चालन गर्दै आउनु भएको छ ।

पोखरा १७ घारिपाटन निवासी– ८५ वर्षीय नानीमाया थापाले सो स्थानामा जोर्तिलिङ्को प्रत्यक्ष दर्शन प्राप्त गरेपछि २०५१ सालमा आफ्नो निजी खर्चमा उहाँले मन्दिर निर्माण गरिदिनु भएको थियो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button