अर्थमन्त्री महरा र पोउवा संघका अध्यक्षबीच पोखराको विकासबारे छलफल

  • पोखरा न्यूज
  • २०७३ आश्विन ६
Post Thumbnail

पोखरा –

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेको नेतृत्वमा रहेको एक प्रतिनिधीमण्डलले उपप्रधान तथा अर्थामन्त्री कृष्णबहादुर महरा, यातायात मन्त्री रमेश लेखक, पर्यटन मन्त्री जीवनबहादुर शाहीसँग समग्र पोखराको विकास निर्माण र पर्यटन यातायात क्षेत्रमा देखिएको समस्याकाबारे छलफल गरेको छ ।

अध्यक्ष पालिखेका अनुसार उप्रधान तथा अर्थमन्त्री महराले भेटको क्रममा पोखरामा निर्माण सुरु भएको अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न गर्नको लागि मन्त्रालयकोतर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । पोखरालाई आधुनिक र अन्तर्राष्ट्रिय सहरको रुपमा विकास गर्नको लागि चक्रपथ लगायतका भौतिक निर्माणमा अर्थमन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता पनि मन्त्री महराले व्यक्त गर्नुृभयो । सो अवसरमा देशको आर्थिक अवस्था तथा उद्योगी-व्यवसायीको समस्याको बारेमा पनि बिस्तृत छलफल भएको थियो ।

यसैगरी यातायात मन्त्री रमेश लेखक र पर्यटन मन्त्री जीवनबहादुर शाहीले पर्यटन यातायातको क्षेत्रमा देखिएको समस्या समाधानको लागि तत्काल कदम चाल्ने आश्वासन दिनुभएको अध्यक्ष पालिखेले जानकारी दिनुभयो ।

अध्यक्षमा निर्वाचित भए लगत्तै राजधानी पुग्नु भएका अध्यक्ष पालिखेले स्थानीय विकास मन्त्रालयमा पुगी चीनको स्वशासित क्षेत्र तिब्बतको लिञ्जी सहरको आग्रहमा तिब्बत सरकारले पोखरालाई दिने भनेको सोलार लाइटको सम्झौताको लागि समेत पहल गर्नु भएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस