टुर दि पोखराको तयारी पूरा

पोखरा –

साइकल सिटी पोखराले गर्न लागेको टुर दि पोखराको तयारी पूरा भएको छ । विश्व मुटु दिवसको सन्दर्भमा शनिबार हुन लागेको साइकल रयाली टुर दि पोखरा अन्तर्गत फेवाताल–बेगनास तालसम्म कार्यक्रम हुन लागेको हो ।

२८.३ किलोमिटरको रुटमा हुने कार्यक्रमलाई जयन्ती मेमोरियल ट्रष्टको विशेष सहयोग रहेको संयोजक निरज थापाले बताए । फ्रान्समा ११३ वर्षअघि टुर दि फ्रान्स साइकल रयाली हुँदै आएको छ । कार्यक्रमले विश्वव्यापीरुपमा पारेको सकारात्मक प्रभावबाट प्रेरित भई गत वर्षदेखि साइकल सिटी पोखराले टुर दि पोखराको थालनी गरेको हो । यसवर्ष ‘साइकल चढौं —स्वास्थ्य ,वातावरण र पर्यटनका लागि’ भन्ने नाराका साथ टुर दि पोखरा— २०१६ साइकल रयाली दोस्रो शृंखलाको रुपमा हुन लागेको हो ।

हालसम्म करिब ४ सय ५० जनाले नाम दर्ता गरी रयालीमा सहभागिता जनाउने पक्का भएको छ । यो संख्या शनिबारसम्ममा झन्डै एक हजार जनाले रयालीमा सहभागिता जनाउने विश्वास गरिएको सिटीका अध्यक्ष प्रकाश बज्राचार्यले बताए । विश्व साइकल यात्री पुष्कर शाह कार्यक्रमका लागि पोखरा आइसकेका छन् । कार्यक्रममा ७ वर्षका साइकल यात्रीदेखि ८६ वर्षका साइकल यात्रीसम्म सहभागि हुनेछन् ।

मुख्य प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड रहेको छ । पोखरा उप—महानगरपालिका, पोखरा उद्योग वाणिज्य संघ,लेखनाथ नगरपालिका, लेखनाथ उद्योग वाणिज्य संघ,जिल्ला साइक्लिष्ट संघ,कास्की जिल्ला खेलकुद विकास समिति,नेपाल साइक्लिष्ट महासंघ,बाबा फाउन्डेसन,जिल्ला विकास समिति, कास्कीलगायत विभिन्न संघसंस्था तथा उद्योग व्यवसायको सहयोग रहेकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button