कैलाली –
टिकापुर घट्नाको मुख्य योजनाकार रहेका लक्ष्मण थारुलाई कैलाली कारागार धनगढीमा फिर्ता ल्याइएको छ ।
गवर्ष भदौ ७ गते घटेको टिकापुर घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका थारुलाई औषधोपचारको क्रममा करिब साढे सात महिना अगाडि केन्द्रीय कारागार काठमाडौँ सारिएकोमा अहिले उनलाई कैलाली कारागारमा फिर्ता गरिएको छ ।
टिकापुर घटनाबारे जिल्ला अदालत कैलालीले मुद्दा हेरिरहेकाले पनि उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि कैलाली फिर्ता गरिएको जनाइएको छ । उनको पारिवारिक स्रोतकाअनुसार आफूहरु घटनामा संलग्न नरहे पनि जबरर्जस्ती दोषी ठहरयाएको बताए ।
आफूहरुको माग र मुद्दा सम्बोधन नभएसम्म आफूहरुको आन्दोलन जारी रहने थारुको भनाइ छ । मधेस आन्दोलनका क्रममा आन्दोलनकारी र प्रहरीबीच भएको दोहोरो झडपमा प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षक बलराम विष्ट र केशव बोहरासहित आठजना सुरक्षाकर्मी र एक नाबलकको ज्यान गएको थियो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution