तनहुँमा टिपरको ठक्करबाट दुईको मृत्यु

दमौली –

तनहुँको जामुने गाविस–७ धएरेमा आज अपराह्न टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

पोखराबाट दमौली आउँदै गरेको ग १ प ८७४३ नंको मोटरसाइकललाई दमौलीबाट पोखरा जाँदै गरेको टिपरले ठक्कर दिँदा मनपाङ–१ का ढालबहादुर शाही र एक व्यक्तिको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ घटनापछि अहिले पृथ्वी राजमार्गको दमौली खैरेनीटार सडकखण्ड अवरुद्ध छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button