
पोखरा –
विश्व पर्यटन दिवसको अवसरमा पोखरामा नवौ एकदिने मिनी सडक महोत्सव आयोजना गरिने भएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रबर्द्धनमा उक्त महोत्सव हुन लागेको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा वताइएको हो । विगत आठ वर्ष देखी सेप्टेम्बर २७ कै दिन रेवान पोखराले मिनी सडक महोत्सब आयोजना गर्दै आइरहेको छ ।
महोत्सव २७ तारिक अर्थात असोज ११ गते मंगलबार बेलुका ५ बजेदेखि राति अबेरसम्म संचालन हुनेछ । लेकसाइडको बाराहीचोकदेखि खहरे सम्मको सडक छेउमा महोत्सव सञ्चालन हुने रेवान पोखराका अध्यक्ष चौ बहादुर गुरुङले वताए । महोत्सबमा लगभग ८ देखि १० हजारको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकले महोत्सबको अवलोकन गर्ने अपेक्षा गरिएको उनले वताए । महोत्सवमा पोखराका सम्पूर्ण पर्यटन संग सम्बन्धित संघसस्था को समर्थन र सहभागिता रहने बताउदै गूरुङले मेलाको उद्घाटन सास्कृतिक प्रस्तुति बाट गरिने र विभिन्न ब्यान्डले लाइभ कन्सर्ट गर्ने जानकारी दिए ।
महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्तरराष्ट्रिय खानाको परिकारका स्टल रहने र बिदेशी पर्यटक लाइ नयाँपन दिनको लागि विभिन्न नेपाली संस्कृति झल्किने पन्चे बाजा, गन्दर्भ बाजा लगाएत गित संगीत तथा नृत्य प्रस्तुत गरिने रेवानका निवर्तमान अध्यक्ष गोपी भटराईले जानकारी दिए । पर्यटक लाइ ट्रेकिंग सम्बन्धि जानकारी दिलाउन सडकमै डेमो प्रस्तुति तथा पर्यटन सम्बन्धि विभिन्न भिडियोको समेत प्रदर्शन गरिने उनले बताए ।महोत्सबकै अवसरमा लेकसाइडमा सौर्य बत्ति तथा सिसिटिभी मर्मत सम्भार गरिने र बाराही चोकमा पर्यटक लाइ सेवा सुबिधा दिन को लागी स्थापना गरिएको नयाँ टुरिस्ट पुलिस सूचना केन्द्रको उद्घाटन गरिने आयोजकले बताएको छ ।
नेपाल पर्यटन परिसदका उपाध्यक्ष चिरन्जीवी पोखरेलले पर्यटन दिबसको अवसरमा उक्त दिन पहिलो उडान मार्फत पोखरा आउने ३ जना पर्यटक लाइ उपहार स्वरुप विभिन्न पर्यटन संग सम्बन्धित सेवा निशुल्क प्रदान गरिने र अन्यलाइ फूलमाला बाजागाजा को साथमा सम्मान गरिने बताए । बस मार्फत पर्यटन बसपार्क मा आउने बिदेशी पर्यटक लाइ पनि फूलमाला बाजागाजा को साथमा स्वागत गरिने पोखरेलले वताए।महोत्सवका संयोजक वैभव पौडेलले महोत्सवले नेपाली कला संकृतिको प्रबर्धन गर्न टेवा पुर्याउने धारणा राखे ।
महोत्सव अवधिभर सबै प्रकारका खानामा १० देखी १५ प्रतिशत सम्म छूटको व्यवस्था रहेको पनि आयोजकले बताएको छ। मेलामा कृषि उत्पादन, हस्तकलाका सामान, ट्रेकिङ सामग्री आदिको प्रदर्शनी समेतगरिनेछ। रेवान पोखराले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष मुख्य सडक महोत्सवको आयोजना गर्दै आएको छ ।





