पोखरा –
रोटरी क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ को यही असोज १२ र १३ गते राष्ट्रिय सम्मेलन हुने भएको छ ।
‘लिट्रेसी एन्ड वास इन स्कुल’ विषयक उक्त सम्मेलनमा सहभागि हुन अमेरिका, जापान, बेलायत, अष्ट्रेलिया लगायतका विभिन्न देशका करिब ४ सय ५० जनाको सहभागी हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । दुई दिन चल्ने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम आयोजकले तय गरेका छन । सम्मेलनमा रोटरीले साक्षरताको अभियानमा संलग्न रही प्रत्यक्ष सेवा गर्ने क्षेत्रहरु टिचर सर्पोट, इ लर्निङ, एडल्ट लिटरेसी, चाइल्ड डेभलपमेन्ट, ह्यापी स्कुल सम्बन्धी कार्यक्रमको उद्देश्य, भावी योजनाको बारेमा छलफल हुने संयोजक किरणलाल श्रेष्ठले बताए ।
सम्मेलनमा शिक्षा मन्त्री धनीराम पौडेल, रोटरी इन्टरनेसनलका पूर्व अध्यक्ष तथा दी रोटरी फाउन्डेसनका ट्रस्टी चेयर कल्याण बनर्जी, रोटरी इन्टरनेसनलका पूर्व डाइरेक्टर, तथा रोटरी इन्डिया लिट्रेसी मिसनका चयेर शेखर मेहेता, नेपाल लिट्रेसी मिसनका चेयर तथा पूर्व डिस्ट्रिक्ट तीर्थमान शाक्य लगायतको सहभागिता रहने भएको छ । उनका अनुसार रोटरी नेपाल लिट्रेसीले हालसम्म गरेको कार्य प्रगति, भावी रणनीतहरु, रोटरी डिस्ट्रिक्ट ३२९२ अन्तर्गतका रहेका सात वटा रिजन र विशेष गरी शिक्षण, सिकाइ, साक्षरता, बाल विकासको क्षेत्रमा राखेका उद्देश्य र कार्यक्रमको बारेमा प्रस्तुति र छलफल गरिने कार्यक्रम संयोजक हेमराज बरालले जानकारी दिए। बरालका अनुसार रोटरी इन्डिया लिट्रेसी मिसनले साक्षरता क्षेत्रमा गरेको कार्य अनुभव र शिक्षा र साक्षरता लगायत रोटरी अभियान विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय विशेषज्ञले प्रस्तुति राख्नेछन् ।
विपन्न तथा पिछडिएका वर्ग र समुदायका मानिसहरुको लागि शिक्षा, स्वास्थ्य र खानेपानी लगायतको क्षेत्रमा काम गर्दै आएको क्लबले सबैलाई शिक्षा र साक्षरताको अभियानमार्फत नेपाललाई पूर्ण साक्षर बनाउने उद्देश्यले सन २०१० देखि विभिन्न संघ संस्थासँग मिलेर पूर्ण साक्षर अभियान सञ्चालन गर्दै आएको सम्मेलन आयोजक समितिका सचिव डिल्लीराज शर्माले जानकारी दिए । सम्मेलनले पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास आयोजकले लिएको असिस्टेन्ट गर्भनर सुवास सिग्देलले बताए । रोटरी क्लब विश्वका २ सय १० वटा देशमा फैलिएको छ भने ३५ हजार क्लबमा १३ लाख सदस्य रोटरीको अभियानमा सक्रिय छन् । नेपालमा सन १९५९ मा पहिलो क्लबका रुपमा रोटरी क्लब अफ काठमाडौं स्थापना भएको र हाल नेपालमा १ सय ४ र भुटानमा १ गरी १ सय ५ बटा क्लब गठन भइ रोटरीको डिस्ट्रिक्ट मध्ये ३२९२ मार्फत सामाविक र मानवीय क्षेत्रमा सेवा पुरयाउँदै आएका छन् । पोखरामा ५ वटा रोटरी क्लब छन् । उक्त सम्मेलन पोखरामा हुनाले पर्यटक प्रवद्र्धन हुने आयोजकले अपेक्षा गरेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution