पोखरा –
यस वर्ष पनि गत बर्षकै मुल्य
हिमालपारी जिल्लामा जडिवुटि खाएर हुर्कीएका भेडा च्याङग्रा पोखरामा भित्रिएका छन । नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावालीको अवसरमा पोखरा क्षेत्रका आम उपभोक्ताहरुलाई लक्षित गरी केहि व्यवसायीहरुले पोखरामा भेडा च्याङग्रा भित्राएका हुन ।
मुस्ताङबाट पोखरामा यस बर्ष करीब २० हजार भेडा च्याङग्रा भित्रिने भएको जिल्ला पशुसेवा कार्यालय मुस्ताङका प्रमुख डा. नन्दलाल बर्माले बताए । उनका अनुसार मुस्ताङका १२ गाविसमा पालन गरीएका करीब २० हजार वटा भेडा च्याङग्रा यस बर्ष पोखरा क्षेत्रको लागि आउदैछन । प्रमुख डा. बर्माले यस बर्ष पहिलो चरणमा खाद्य संस्थाले काठमाण्डौंको लागि भनेर मुस्ताङबाट एक हजार ५ सय वटा भेडा च्याङग्रा मुस्ताङबाट लगेका छन । जिउदो भेडा च्याङग्रा प्रतिकेजी ४ सय ८५ का दरले लगेको संस्थाले काठमाण्डौंमा पुराएर प्रति केजी ६ सय ३० मा विक्रि गर्ने भएको बताइृन्छ । यस बर्ष मुस्ताङका धेरै ठाँउमा भेडा च्याङग्रालाई रोग नलागेको काराणले गर्दा पनि गत बर्ष भन्दा केहि मात्रमा बढी उत्पादन भएको बर्माले बताए ।
च्याङग्रा व्यवसायी नुरबु लामाले यस बर्ष करीब २० लाख मुल्य बराबरका एक सय वटा च्याङग्रा पोखरामा भित्राएका छन । उनी जस्तै अन्य व्यवसायीहरुले पनि पोखरामा च्याङग्रा सहित भेडा समेत भित्राएका हुन । करीब गत बर्ष भन्दा ३ हजार भन्दा बढी भेडढा च्याङग्रा पोखरा भित्रिने व्यवसायीहरुले अनुमान गरेका छन । २० केजी भन्दा माथि तौल भएका च्याङग्राको मुल्य २५ हजार भएको व्यवसायी लामाले बताए। उनले भने “यस बर्ष हामीले गत बर्षकै मुल्यमा भेडा च्याङग्रा विक्रि गर्दै छौं । ” मुस्ताङको घेलीङबाट च्याङग्रा ल्याएका लामाले आगामी ४ दिन पछि पोखराको पुरानो टुडिखेलमा लगेर विक्रि गर्ने बताए । हाल पोखराको हेमजा क्षेत्रमा भेडा च्याङग्रा विक्रिको लागि ल्याईएको छ । यस बर्ष पनि मुस्ताङबाट भेडा च्याङग्रा पोखरा क्षेत्रसम्म ल्याउन बाटो बाटोमा कर लिने र दुःख दिने गरेको लामाले बताए ।
दशैँमा भेडा च्याँग्राको माग बढेकोले चिनको तिव्वतबाट गत बर्ष नेपाल भित्राएको भए पनि यस बर्ष खासै भित्राउन नपर्ने व्यवसायीहरु बताउछन । कास्कीका उपभोक्ताहरुलाई शहुलियतमा भेडा –च्याङग्रा उपलब्ध गराउने उद्धेश्यले जिल्ला विकास समिति कास्कीले अघिल्लो बर्ष देखि कर नउठाउने निर्णय गरेको छ । आफुनो जिल्लामा उत्पादन नभएकोले यहाँ कर उठाउदा अन्य जिल्लाबाट समेत कर उठाउन सक्ने भएकोले गर्दा आफुहरुले यस बर्ष पनि भेडा –च्याङग्राको कुनै शुल्क नलाग्ने कास्कीका स्थानीय विकास अधिकारी दामोदर भण्डारीले बताए ।
कास्की, पर्वत, बाग्लुङ, स्याङजा, तनहुँ लगायतका जिल्लाका विभिन्न ठाउँमा दशैंमा बढी च्याङ्ग्रा खपत हुने गरेको छ । हिमाली भेगमा बहुमुल्य जडिबुटी खाएर हुर्किएका भेडा च्याङग्राको मासु स्वास्थ्यको लागि पनि निकै राम्रो हुने भएकाले पनि आम उपवभोक्ताहरुले बर्षमा भेडा च्याङग्राको मासु खाने गरेको पाईन्छ ।
फोटो : रासस





