महिला मानवअधिकार रक्षक सञ्जालको अध्यक्षमा जानकी

पोखरा –

महिला मानवअधिकार रक्षक सञ्जाल कास्कीको सातौँ वार्षिक साधारणसभा तथा अधिवेशनले जानकी शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

मंगलबार पोखरामा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा तारामाया थापा, सचिवमा कल्पना भण्डारी, सहसचिव जमुना शर्मा, कोषाध्यक्ष ईन्दकुमारी शर्मा सर्वसम्मत चयन हुनुभएको हो । सदस्यहरुमा सारदा खत्री गौतम, मीना नेपाली, विना कुमारी पुन, शारदा शर्मा, प्रमिला श्रेष्ठ जोशी र परिवर्तन नेपाली चयन हुनुभएको छ ।

यसअघि महिला तथा बालबालिका कार्यालय कास्कीका प्रमुख लक्ष्मी जिसीले अधिवेशनको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै जिसीले महिला अधिकारका लागि सञ्जालको कार्य सरहानीय भएको बताउनुभयो ।

सो अवसरमा ईन्सेक पश्चिमाञ्चल प्रमुख शिव खकुरेल, थ्रि एन्जल्स नेपालका अध्यक्ष शारदा खत्री गौतम, कोपिला नेपालका कार्यकारी निर्देशक विना शिलवाल, गैरसरकारी संस्था महासंघ कास्कीका उपाध्यक्ष पदम पहारी, अधिकारकर्मी टेकनाथ बराल लगायतले बोल्नुभएको थियो ।

सञ्जालका अध्यक्ष सरिता थापामगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष जानकी देवी शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव सरिता पंगेनीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button