रिजनल अस्पतालमा पहिलो पटक जन्मिएका दुई बच्चाको आजिवन निशुल्क उपचार गर्ने घोषणा

पोखरा –

पोखराको जीरो किलोमिटरमा भर्खरै सञ्चालनमा आएको रिजनल हस्पिटलले शुभारम्भको अवसरमा अस्पतालमा पहिलो पटक जन्मिएका दुई बच्चाको आजिवन निशुल्क उपचार गर्ने घोषणा गरेको छ । यहि असोज ३ र ४ गते अस्पतालमा अप्रेशन पश्चात जन्मिएका दुई जना बच्चालाई अस्पतालबाट प्रवाह हुने सबै सेवा जिवनभर निशुल्क दिने घोषण गरिएको हो । अस्पतालले हालै एक कार्यक्रमको आयोजना गरी स्याङ्ग्जा छिनेबास ९ का केशब मरासिनी र सुस्मिता पौडेल तथा लम्जुङ्ग नौथान १ का सन्तोष लौडारी र सबिना पौडेलले जन्म दिएका २ जना बच्चाहरुलाई अस्पतालले प्रवाह गर्ने सबै सेवा निशुल्क गर्ने घोषण गर्दै प्रतिबद्धतापत्र प्रदान गरेको छ ।

साथै त्यी दुबै बच्चाले भबिष्यमा अस्पतालसँग अबद रहेको रिजनल कलेज अफ हेल्थ साईन्स एण्ड टेक्नोलोजीमा भएका जुन सुकै कोर्षहरु अध्ययन गर्न चाहेमा निशुल्क पढाई दिने पनि घोषण गरिएको अस्पतालका अध्यक्ष जगत बहादुर खड्काद्वारा जारी गरिएको प्रतिबद्धतापत्रमा उल्येख गरिएको छ । त्यी दुई बच्चालाई स्त्री तथा प्रसुती रोग बिशेषज्ञद्वय डाक्टर तारा गुरुङ र डाक्टर लक्षमी सुनारले अप्रेशन प्रश्चात बाहिर निकालेका थिए ।

अस्पतालका अध्यक्ष जगत बहादुर खड्काको अध्यक्षतामा प्रतिबद्धतापत्र हस्तान्तरण कार्यकम सम्पन्न भएको थियो । अत्याधुनिक सेवा सुविधा सहित पोखराको जिरो किलो मिटरमा सञ्चालनमा आएको रिजनल अस्पतालमा २४ सै घण्टा बिषेशज्ञ सेवा प्रदान हुदै आएको छ । आइसियु सहित २५ बेड क्षमता रहेको हस्पिटलले २४ सै घण्टा आकस्मिक सेवा, अत्याधुनिक प्रयोगशाला, एक्स रे, भिडियो एक्स रे, मुटुको भिडियो एक्स रे, इसिजी लगायत ओपिडि सेवाहरु सुरु गरेको हस्पिटलका सञ्चालक जितेन्द्र पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button