शनिबार पोखरामा जोजिजू म्युजिक जर्नी हुने

पोखरा –

संगित क्षेत्रका तीन श्रष्टा सम्मानित हुने

नेपालीहरुको महान पर्व विजयादशमी तथा शुभदिपावलीको अवसरमा शनिबार पोखरामा जोजिजू म्युजिक जर्नी हुने भएको छ ।

पोखरा रानिपौवामा रहेको जोजिजू म्युजिक सेन्टरको आयोजनामा शनिबार साँझ ५ बजे देखि वेलुका ९ बजेसम्म रानीपौवामा जोजिजू म्युजिक जर्नी हुने भएको सेन्टरले जनाएको छ । १४ औं संस्करणको उक्त जर्नीमा काठमाण्डौं युथ आर्केष्टाको लाईभ पप कन्र्सट तथा डाँन्स हुने भएको छ भने सेन्टरका बिद्यार्थीहरुबाट विभिन्न सांगीतिक कार्यक्रमहरु हुने भएको सेन्टरका प्रवन्ध निर्देशक तथा कार्यक्रम संयोजक विनित जोजिजूले बताए ।

उक्त अवसरमा सेन्टरले गित संगितको क्षेत्रमा उलेखनिय योगदान पुराएका ३ जना श्रष्टालाई समेत सम्मान गर्ने भएको छ । बाद्यवादनको क्षेत्रबाट मै पाल लामा, चलचित्र नायकबाट तारा बहादुर गुरुङ र गायन क्षेत्रबाट पशुपति गुप्तालाई सम्मान गरीने भएको संयोजक जोजिजूले जनाए । कृयटिप्स रेकर्टस् नेपालले विश्वकै कान्छा ड्रमर उत्प्रेम जोजिजूलाई प्रदान गरेको दुई वटा रेकर्डस् समेत सार्वजनीक गरीने भएको छ । सुपर वल्ड रेकर्डस् र कृयटिप्स वल्र्ड रेकर्ड्को विधामा उक्त वल्र्ड रेकर्डको प्रमाण पत्र प्रदान गरीएको कृयटिप्स रेकर्टस् नेपालका मथुरा श्रेष्ठले बताए ।

संगितको उत्थान हाम्रो दाहित्व भन्ने मुल नाराका साथ सेन्टरले विगत १४ बर्ष देखि नेपाली गित संगित र नृत्यको क्षेत्रमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको सेन्टरका व्यबस्थापक सानु जोजिजूले बताईन । शनिबार हुने उक्त जर्नीको उद्घाटन संस्कृर्तीकर्मी तिर्थ श्रेष्ठले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button