काठमाडौँ –
प्रधानमन्त्री पुष्पकमल दाहालले ज्येष्ठ नागरिकको सीप र अनुभवलाई राज्यले राष्ट्रिय विकासमा परिचालन गर्ने नीति लिनुपर्ने आवश्यकता टड्कारो रुपमा देखिएको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा प्रधानमन्त्री दाहालले आज एक शुभकामना सन्देश दिनुहुँदै ज्येष्ठ नागरिकको सम्मानजनक जीवन जीउनसक्ने वातावरण बनाउन सरकार लागिपरेको बताउनुभयो । निरन्तरताको प्रक्रियामा त्यसले पूर्णता पाउनेमा आफू विश्वस्त रहेको पनि उहाँले बताउनुभयो ।
प्रधानमन्त्रीले परापूर्वकालदेखि चल्दै आएको आफूभन्दा ठूलालाई सम्मान र आदार गर्ने संस्कारलाई अक्षुण राख्न सबै वर्ग तथा क्षेत्रलाई अनुरोध गर्दै ज्येष्ठ नागरिकले देखाएको मार्गदर्शनलाई परिवार, समाज र राज्यका सबै निकायले अनुशरण गर्नुपर्ने बताउनुभयो ।
आफ्नो ऊर्जाशील समय कुनै न कुनै तरिकाबाट राष्ट्रलाई योगदान दिएका ज्येष्ठ नागरिकलाई राज्यले सामाजिक सुरक्षाको प्रत्याभूति गर्नुपर्ने स्पष्ट पार्दै उहाँले नेपालको संविधानले मौलिक हकको रुपमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा समाजिक सुरक्षाको हकको व्यवस्था गरेको जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले जीवनका विभिन्न उकालीओराली पार गर्दै असिम ज्ञान, सीप र अनुभव सङ्गालेका देशका सम्पूर्ण आमा बुबाप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घले सन् १९९० डिसेम्बर १४ मा हरेक वर्ष अक्टोबर १ तारिकलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रुपमा मनाउने निर्णय गरे अनुसार आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाइएको छ । मुलुकभर हाल २५ लाख भन्दा बढी ज्येष्ठ नागरिक रहेका छन् । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution