
पोखरा –
नेपाली कपडाको उत्पादनलाई प्रवर्दन गर्न वविन टेलरिङले पोखराको चिप्लेढुङ्गामा नया सो रुम संचालनमा ल्याएको छ । एक करोड ७० लाखको लगानीमा म्याग्दीका यूवा व्यवसायी वविन वागदासले सटिङ–सुटिङ सेन्टरको संचालनमा ल्याएका हुन् । म्याग्दी र पर्वतका उद्यमीहरुले उत्पादन गरेका गाजाको लोकतावाट वनार्एने कपडा (हेम्प) र जंगली सिस्नोको कपडा (अल्लो) को छिल्काबाट धागो तयार पारी अर्गानिक किसिमबाट बनाइएको कपडालाई प्राथमिकताका साथ बबिन टेलरिङले बिक्री गरिरहेको बागदासले जानकारी दिए । ‘आन्तरिक उत्पादन भएकाले अल्लो र हेम्पको कपडा पोखरेलीहरुले धेरै रुचाएका छन्,’ संचालक वविन बागदासले भने, ‘आन्तरिक उत्पादनलाई प्रवद्र्धन गरी बजार बिस्तार गर्नुपर्छ भन्ने मेरो सोच हो ।’
नेपाली उत्पादन गर्मीमा चिसो र चिसोमा तातो हुने बागदासले बताए । ‘स्वास्थ्यका लागि पनि स्थानीय कपडा उपयोगी छन,’ बागदासले भने । अल्लो र हेम्पको कोट सिलाउनका लागि बबिनमा पोखरेलीको भिड लागेको उनले बताए । बागदास भन्छन्, ‘ग्राहकको माग अनुसार नेपाली कपडा पुरयाउन भ्याइ नभ्याइ भएको छ ।’

यस अगाडी पोखराको न्युरोडमा सञ्चालित बबिन टेलरिङ सेवा बिस्तार सहित चिप्लेढुंगामा सरेको हो । ग्राहकको चाहना र माग अनुसार टेलरिङले सटिङ सुटिङ साथै बुटिक तथा लेडिज कलेक्सन सहित सेवा समेत दिएको सञ्चालक बागदासले जानकारी दिए ।
आइतबार एक कार्यक्रममा बीच पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले नयाँ सोरुमको शुभारम्भ गरे । उक्त अवसरमा बोल्दै उनले बबिन टेलरिङ पोखरामा स्थापना भएको छोटो समयमा धेरैको मन जित्न सफल भएको बताए ।
यस अगाडि बबिनबाट ब्राण्डेड कोट, पाइन्ट र सर्टहरु बिक्री तथा सिलाई हुँदै आएकोमा अबदेखि महिलाहरुले लगाउनले ब्राण्डेड कपडाहरु पनि उपलब्ध छ । ग्राहकको चाहना अनुसार सेवा बिस्तार गरिएको बागदासले जानकारी दिए । म्याग्दीको बेनीमा २० वर्षदेखि सञ्चालित बबिन टेलरिङले पोखरामा सञ्चालनमा आएको दुई वर्ष पुगिसकेको छ । पोखरामा शाखा सञ्चालन भएको छोटो समयमा नै बबिन टेलरिङले पोखरेलीहरुको मन र विश्वास जित्न सफल भएको बागदासले बताए । बबिनले भने–“ पोखरेलीको मन जित्न सफल भएको एउटा दरिलो प्रमाण भनेको दुई वर्षको अवधिमा छ हजार भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्नु हो ।”
बैंक, सहकारी, कलेज तथा संघसंस्थाका ड्रेस सिलाउनका लागि बबिन टेलरिङ प्रशिद्ध बनेको सञ्चालक बबिन बागदासले बताए । ‘हामी कहाँ एक पटक आएका ग्राहक पुन अन्यत्र जाँदैनन्,’ उनले भने, ‘हामीसँग आएका ग्राहकलाई हामी पूर्ण सन्तुष्ट बनाउँछौं । ग्राहकको चाहना अनुसारको स्तरीय सेवा प्रदान गर्न सफल छौं ।’
लामो समयको अनुभव, कपडामा विश्वसनियता, माग अनुसारको सिलाईको ग्यारेन्टीले ग्राहकको मन जित्न सफल भएको बागदासको दावी छ । ‘हाम्रो सेवाबाट ग्राहकको मन र विश्वास जित्न सफल भएका छौं,’ उनले भने, ‘समयको माग अनुसारको डिजाइन हामीले ग्राहकलाई दिन्छौं ।’ पोखरा र पोखरा आसपासबाट बबिनमा सेवाग्राही आउँछन् । कास्की, तनहुँ, स्याङजा, पर्वत, लमजुङ, गोरखा, बागलुङ, म्याग्दी, मनाङ, मुस्ताङ लगायतका जिल्लाका ग्राहकलाई बबिन टेलरिङबाट सेवा प्रदान गरिरहेको उनले जानकारी दिए ।
बबिनबाट ब्राण्डेड कोट, पाइन्ट र सर्टको बिक्री तथा सिलाइका साथै लेडिज कपडाहरु बिक्री भइरहेको सञ्चालक बिमला बागदासले बताइन् । रेमण्ड, सियाराम, रिड एण्ड टेलर, बेन्ट्ली, एस्भिरा, क्युम्याक्स, अंगुरालगायतका ब्राण्डेड कम्पनीका कपडाहरु बिक्री भइरहेको उनले जानकारी दिइन् ‘ब्राण्डेड कम्पनीका कपडाहरु बिक्री गरिने भएकाले पोखरा आएको छोटो समयमा नै ग्राहकको मन जित्न सफल भएका छौं,’ उनले भनिन् ।
दक्ष तथा अनुभवी कालिगढबाट कपडा सिलाई गरिने बिमलाले बताइन् । ‘अत्याधुनिक मेसिनबाट पेस्टिङ गरी कपडा सिलाउँछौं,’ उनले भनिन् । लामो समयदेखिको व्यावसायिक अनुभवलाई पोखरामा आएर स्थापित गरेको बागदासको अनुभव छ । इन्डियन, बैंकक, इटालियन, इङ्ल्याण्ड लगायतका देशका ब्राण्डेड कपडाहरु बिक्री गरिरहेको बविन टेलरिङमा १८ जना दक्ष कालिगढ कार्यरत छन् । महिलाहरुले लगाउने कपडामा आकर्षक बुटिक भरिने उनले बताइन् ।





