बुद्ध बिसाल बजारको व्यवस्थापन समितीमा पुनः शेरचन

पोखरा –

पोखराको पुरानो तथा ठूलो व्यवसायिक संस्था बुद्ध बिसाल बजारको व्यवस्थापन समितीको १३ औं वार्षिक साधारणसभा तथा ५ औं अधिवेबशनले पुनः हर्क बहादुर शेरचनलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

निर्वाचन समितिका सदस्य झम बहादुर गुरुङ्गका अनुसार समितीको उपाध्यक्षमा शालिग्राम घिमिरे, महासचिवमा सुनिल शेरचन, कोषाध्यक्षमा श्वेता शेरचन, सचिवमा क्या. अनिरुद्र थापा र सहसचिवमा जानकी देवी कोइराला निर्वाचित भएका छन ।

त्यसै गरि समीतीको सदस्यमा राम बहादुर खाण, अमानथ हुसेन, बलराम गौतम र पूर्णलाल श्रेष्ठ निर्वाचित भएका छन । उक्त अधिवेशनको निर्वाचन समितीमा रामजी कोइराला र झम गुरुङ्ग रहेका थिए । पोखराको मुख्य व्यापारिक केन्द्र महेन्द्रपुलमा अवस्थित ३० वर्ष पुरानो बुद्ध विशाल बजारका ३ सय सटरमा वित्तिय संस्था र पसलहरु रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button