करेन्ट लागेर युवकको मृत्यु

 

दमौली, १७ असोज –

तनहुँको व्यास नगरपालिका–३ पुरनडिही मकुन्डेस्थित बुल्दी खोलामा आइतबार राति माछा मार्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ ।

मृतकको सनाखत हुन सकेको छैन । साथीसँग माछा मार्न गएका बेला करेन्ट लागेर अन्दाजी २७÷२८ वर्षीय ती युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक ती युवक गण्डकी नेपाल गाई फार्ममा काम गर्दै आएका थिए । मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button