‘राराबासदेखि रारातालसम्म’को पर्यटन प्रबर्द्धनमा

काठमाडौँ –

बाँकेको राराबासदेखि मुुगुको रारा तालसम्मको नयाँ पर्यटन प्रवद्र्धन कार्यक्रम आज यहाँ सार्वजनिक गरिएको छ ।

नेपाल पर्यटन बोर्ड र सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स नेपाल (सोट्टो)को आयोजनामा आज पूर्व पर्यटन राज्यमन्त्री बलदेवबहादुर महत, नेकपा ९एमाले०का पर्यटन विभाग प्रमुख सूर्य थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशी र सोट्टोका अध्यक्ष याम खड्कालगायतले सो कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

‘कर्णाली निकट होइन विकट’ भन्ने नारामा साथ प्रदेश नं ६ का बाँके, सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगुसहित छ जिल्लालाई केन्द्रित गरेर सो प्रवद्र्धन कार्यक्रम तय गरिएको हो । गत भदौ ३० देखि यही असोज ६ सम्म महतको नेतृत्वको टोलीले सो क्षेत्रमा ‘पर्यटन जागरण, अन्तक्र्रिया र भ्रमण’ सम्पन्न गरी कार्यक्रम तय गरेको हो ।

विसं २०३२ मा रारा राष्ट्रिय निकुञ्जबाट त्यहाँका नागरिकलाई विस्थापन गरी बाँकेको चिसापानी सारिएको थियो । हाल चिसापानीमा राराबास बनाइएको छ । पूर्व राज्यमन्त्री महतले रारासम्म पुग्ने सडक बाटो पक्की भएमा सो क्षेत्रमा विकासको थप सम्भावना हुने बताउनुभयो । उहाँले सरकारले कर्णालीका लागि विनियोजन गरेको बेजट केवल आँखामा छारो हाल्ने प्रकारको मात्र भएको गुनासो गर्नुभयो ।

एमाले पर्यटन विभाग प्रमुख थापाले छ नं प्रदेशका छ जिल्लालाई केन्द्रित गरेर पर्यटनका बहुआयामिक सम्भावना, पूर्वाधार निर्माण, आधुनिक विकास, गन्तव्य पहिचान र प्रवद्र्धनसहित बजारीकरणका लागि एकीकृत र व्यवस्थित गर्न आवश्यक भएको बताउनुभयो ।

प्रमुख कार्यकारी निर्देशक जोशीले पर्यटन व्यवसायीको अगुवाइमा भएका प्रवद्र्धनसम्बन्धी कार्यक्रम सफल हुने भन्दै मध्यपश्चिमको यस नयाँ कार्यक्रमलाई प्रवद्र्धन गर्न आवश्यक सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button