सशस्त्र प्रहरी बल २४सै घण्टा सुरक्षा दिन तयार – शर्मा

पोखरा –

आउदै गरेको चाडबाडमा हुने चोरी, डकैति, लुटपाटलाई न्युनिकरण गर्नका लागि सशस्त्र प्रहरी बल कालिका गण २४सै घण्टा सुरक्षा दिन तयार रहेको गणका डिएसपि दिनेश शर्माले बताए । अभियान युवा क्लबद्वारा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा शर्माले उक्त कुरा बताएका हुन् ।

डिएसपि शर्माले खबर आउनासाथ तत्कालै सेवा दिनका लागि सशस्त्र प्रहरीबल तयारी अवस्थामा रहेको कुरा बताए । उनले भने– ‘समयमा खबर नआउनाले धनजनको क्षती हुने गरेको छ ।’ कुनै दुर्घटना, झगडा, चोरी जस्ता अपराधमुलक कार्यको जानकारी भएमा १११४ मा खबर गरेमा तत्कालै सेवा दिन सशस्त्र प्रहरी बल तम्तयार रहेको कुरा पनि शर्माले कार्यक्रममा बताए ।

कार्यक्रममा अतिथिहरुले आउदै गरेको बिजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा सुर्य चन्द्र विकास समाज, वडा महिला टोल समन्वय समिति, तया मचा नाच समिति, दलित जिल्ला समन्वय समिति कास्की, स्वतन्त्र पत्रकार महासंघ, लायन्स क्लव अफ सिर्जना चौतारी, बाल क्लव, अभियान महिला उप–समिति, विभिन्न टोल विकास संस्थाहरु, विशिष्ट व्यक्तित्वलगाएत स्थानिय बासिन्दाको उपस्थिति रहेको थियो ।

अभियान युवा क्लबका अध्यक्ष मोहन बहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य क्लवका द्धितिय उपाध्यक्ष जय प्रकाश थापाले गरेका थिए भने कार्यक्रमको संचालन क्लवका सचिव राजु गिरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button