राष्ट्रिय सौन्दयकर्मी युनियनको शुभकामना आदान प्रदान

पोखरा –

राष्ट्रिय सौन्दयकर्मी युनियन कास्कीको मंगलबार पोखरामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावलीको अवसरमा युनियनमा आवद्ध तथा अन्य शुभचिन्तकहरु विच एक आपसमा शुभकामना आदान प्रदान गरी कार्यक्रम सम्पन्न गरेको युनियन कास्कीका उपाध्यक्ष संगीता पाण्डेले बताईन । राष्ट्रिय सौन्दयकर्मी युनियन नेपालका संस्थापक अध्यक्ष एवं संचारकर्मी मीना गुरुङले शुभकामना दिदै नेपाली महान पर्व विजया दशमी तथा शुभ दिपावली पर्वको मर्म र भावना अनुसार मनाउन आग्रह गरीन ।

युनियन कास्कीका अध्यक्ष अध्यक्ष हिरा भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिफन्ट गण्डकी÷धौलागिरीका उपाध्यक्ष रुद्र खत्रि, युनियनका महासचिव सुमन गुरुङ, कोषाध्यक्ष पवि गुरुङ, नेपाल यातयात स्वतन्त्र मजदुर संगठन केन्द्रीय महिला कमिटिका सदस्य शर्मिला देवकोटा, अञ्चल महिला कमिटिका सहसचिव विनु गुरुङ, युनियनका जिल्ला उपाध्यक्ष संगीता पाण्डे, सचिव नुर गुरुङ, सहसचिव दुर्गा केसी, कोषाध्यक्ष शोभा गौतम, सौन्यदकर्मी लक्ष्मी पाण्डे लगायतले एक आपसमा शुभकामना दिदै देशमा दिगो शान्तिको कामना गर्दै आर्थिक समृद्धिमा सवैको ध्यान जानु पर्नेमा जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button