पोखरामा कपडाको करोडौंको कारोबार

पोखरा –

दशैंमा कपडाको व्यवसाय फस्टाउदै

नेपालीहरुको महान चार्ड विजया दशमीको अवसरमा अधिकांश कपडा पसलहरुको व्यवसाय यो मौसममा फस्टाउदो छ । दशमीको अवसरमा देशका अधिकांश कपडा पसलहरुमा उपभोक्ताहरुको भिडभाड भए पछि कपडा व्यवसाय फस्टाउदै गरेको हो ।

दशैं पर्वको अवसरमा मिठो मसिनो खानुको साथै नयाँ लुगा लगाउने परम्परागत देखि चलि आएको हुनाले पनि अधिकाश नेपालीहरुले दशैं को अवसरमा नयाँ लुगा लगाउने गर्दछन । व्यवसायीहरुले पनि दशैं पर्वको अवसरमा विभिन्न छुट सहित लक्ता कपडाहरु विक्रि गर्ने गरेकोले यति वेला कपडा पसलहरुमा अत्याधिक रुपमा भिडभाड भएको देखिन्छ ।

clothes-market

पोखराका अधिकाशं लक्ता कपडाका पसलहरुमा विहान देखि वेलुका सम्म लक्ता कपडा किन्ने उपभोक्ताहरुको भिड भएको देखिन्छ । पोखरामा दशैं पर्वमा करोडौंको कारोवार हुने गरेको छ । दशैं पर्वमा पोखरा क्षेत्रमा करीब एक अर्व ५० करोड मुल्य बढीको लक्ता कपडाको कारोवार हुने गरेको कपडा व्यवसायी एशोशियसन कास्कीका निवर्तमान अध्यक्ष प्रेम भुजेलले बताए। पोखरामा करीब ४ सय कपडा व्यवसायीहरु भएको बताएका उनले दशैंको अवसरमा एउटै पसलले अधिकत १० लाख सम्मको कपडाको कारोवर गर्ने बताए।

पोखरा उद्योग बाणिज्य संघका सदस्य समेत रहेका भुजेलले पोखरा भित्रिने करीब ६० प्रतिशत जसो रेडिमेट लुगाहरु चाइृनाबाट आउने बताए । उनले भने “ दशैं पर्व हामी कपडा व्यवसायीहरुको लागि त साच्चै दशैं आएकै अनुभव हुन्छ, दशैंमा हामीले बर्षकै सवै भन्दा बढी व्यस्त तथा कारोवार गर्ने गर्दछौं । ” पोखरा क्षेत्रमा भारत र तेश्रो मुलुक थाईल्याण्ड, इृटली, जर्मन लगायतका देशबाट लुगाहरु आउने गरेको उनले बताए । काचो कपडा भने अधिकाश भारतबाट आयात हुने भए पनि पछिल्लो क्रममा कपडा सिलाईको ज्याला महङगो हुने भएकोले गर्दा रेडिमेड लुगाहरु नै बढी खपत हुने गरेको निवर्तमान अध्यक्ष भुजेलले बताए । उनका अनुसार पोखरामा खपत हुने लुगाहरु मध्य ९० प्रतिशत रेडिमेट कपडाले बजार ओगटेको छ भने १० प्रतिशत मुस्कीलले काचो कपडाले बजार ओगटेको छ । उनले भने “एउटा सर्ट पाईट सिलाएको ८÷९ सय खर्च लाग्छ भने रेडिमेट कपडा सिलाईको मुल्यमा आउने भएकोले अधिकाशले रेडिमेट कपडाहरु लिने गर्दछन ।” काचो कपडा भने भारतबाट करीब ८० प्रतिशत आउने बताएका उनले नेपाली कपडा मुस्कीलले ५ प्रतिशत मात्र खपत हुने गरेको बताए । साईज अनुसारका कपडाहरु किन्ने वित्तिकै लगाउन मिल्ने भएकोले पनि रेडिमेट कपडाको माग अत्याधिक भएको भुजेलले जनाए ।

पोखरा चिप्लेढुंगामा कपडाको व्यवसाय गरेका दिपक लामाले दशैंको घटस्थापना देखि एक हप्तासम्म दैनिक कम्तीमा दुई हजार जना भन्दा बढी उपभोक्ता आफ्नो पसलमा आउने गरेको उनले बताए। न्युनतम एक सय ९० देखि ३ हजार सम्मका लुगाहरु दशैंको लागि आफुले विक्रिको लागि पसलमा राखेको उनले जनाए । त्यस्तै पोखरा पन्थीगल्लीमा रहेको स्टार्स सप्लायर्सका संचालक लिलानाथ धुजुले सप्तमी सम्मको लागि भनेर बर्ष भरी रहेका केहि कपडा सस्तो मुल्यमा विक्रिको लागि सडक पेटिमा राखेका छन । आफुले ७ सय देखि १२ सय सम्म मुल्य तिरेर किनेका कपडाहरु बर्ष भरी नविके पछि हाल ३ सय मुल्यमा विक्रि गर्न लागेको उनले जनाए । पोखराको चिप्लेढुंगामा कपडा किन्दै गर्र्दा भेटिएका एक उपभोक्ता मन बहादुर क्षेत्रिले पनि दशैंको लागि भनेर कपडा किन्दै थिए । धान्द्रुक टाडापानीका क्षत्रिलाई पनि आफ्नो होटललाई आवश्यक पर्ने तथा आफ्नो परिवारको लागि नयाँ लक्ता कपडा फेर्न दशैं कुर्नुपर्यो । यस पालीको दशैंमा म्याटे«स तथा तन्ना सहितका लुगा अन्य कपडाहरु उनले किने । पोखराका चोक चोकमा फुटपाते देखिकपडा पसलेहरुले

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button