राजी जातिले भूमि खोसिएकोमा आन्दोलन गर्ने

गुलरिया –

सबैभन्दा पहिले यहाँको भूमिको उपयोग गरेका राजी जातिले आफ्नो भूमि तथा पुरानो सम्पत्ति खोसिएका कारण आफूहरुले आन्दोलन गर्ने बताएको छ ।

राजी साल्म समाज, सानोश्री, तारातालले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राजी साल्म समाज, बर्दियाका अध्यक्ष दीपेन्द्र राजीले सरकारी सेवासुविधामा राजी जातिको पहुँच नभएका कारण आन्दोलन गर्ने जानकारी दिए । यसैगरी, तमु ह्युला छाँेजधी, बर्दियाका अध्यक्ष मेघबहादुर गुरुङले पनि राजी जाति सानोश्रीको मालिक रहेका बताए ।

बर्दियाको सानोश्रीमा मंगलबार राजी जातिको सरकारी सेवासुविधामाथि पहुँच पुरयाउनुपर्ने मागबारे सो समुदायले ध्यानाकर्षणसमेत गराएको छ । सो अवसरमा बर्दियाको सानोश्रीमा ताराताल नगरपालिका प्रमुख वसन्तकुमार कनौजियाले सरकारी सेवामा राजी जातिको पहुँच पुरयाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मंगलबार भएको कार्यक्रमबाट राजी समुदायको नेपाल आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष जगत तामाङले राजी समुदायको हकअधिकारका लागि आन्दोलन गर्नुपर्ने बताउनुभयो ।

राजी साल्म समाज, सानोश्री, तारातालले आयोजना गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, वडा नागरिक मञ्चका अध्यक्ष, अन्तरपार्टी महिला सञ्जालका पदाधिकारी तथा सञ्चारकर्मीले आफुहरुको मागमा सरकारलाई दबाब दिन राजीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको राजी साल्म समाज, बर्दियाका अध्यक्ष दीपेन्द्र राजीले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button