दशैंको परम्परागत संस्कार संरक्षण गर्न पोखरेलीको माग

पोखरा –

हङकङ व्युटि ईन्स्टिच्युटको शुभकामना आदान प्रदान

नेपालीहरुको महान चाड विजयादशमी तथा शुभदिपावली पर्वको परम्परागत संस्कार संरक्षण गर्न पोखरेलीहरुले माग गरेका छन ।

मलेसियाको क्लारा ईन्टरनेश्नलको संवन्धन प्राप्त नेपालकै एक मात्रै आधिकारीक संस्था हङकङ व्युटि ईन्स्टिच्युट प्रालिले नेपालीहरुको महान पर्व वडा दशैं, शुभ दिपावली, छट पर्वको अवसरमा बुधबार पोखरामा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने पोखरेलीहरुले नेपाली परम्परागत संस्कार हराउदै गएकोमा चिन्ता व्यक्त गर्दै संरक्षण गर्न जोडदार माग गरेका हुन।

दशैं पर्वको अवसरमा गाँउ टोलमा सरसफाई हुने, विभिन्न पेशा व्यवसायले टाडा रहेकाहरु विच दशैं पर्वको अवसरमा भेटघाट दुखः सुख्ख साटसाट गर्ने, एक आपसमा मिलेर मिठो मसिनो तथा नयाँ लुगा लगाउने, ठुलालाई आदर र सानालाई माया गर्ने, रोटेपिङ, लिङगे पिङ लगायतका प्रचलनहरु विस्तारै हराउदै गएकोमा पोखरेलीहरुले चिन्क्ता व्यक्त गरेका हुन ।

प्रा.लि.का संचालक एवं संचारकर्मी मीना गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज पत्रकार वद्रीविनोद प्रतिक, पुण्यप्रसाद पौडेल, नारायण कार्की, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्र भट्ट, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, पोखरा उद्योग बाणिज्य संघका सदस्य सीता बराल, प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बराल, फोनिज कास्कीका अध्यक्ष हुम तमु, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक, संचारीका समुह पश्चिमाञ्चलका अध्यक्ष जमुना शर्मा बर्षा, डव्लु.डव्लु.जे.कास्कीका अध्यक्ष शरिता तिमिल्सिना, रेडियो अन्नपुर्णका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठ, पोखरा एफ.एम.का स्टेशन इन्चार्ज संजय मल्ल, राष्ट्रिय सौन्दयकर्मी युनियन नेपालका महासचिव सुमन गुरुङ, पत्रकार दिननाथ बराल लगायतले चार्डपर्व नेपाली संस्कार अनुसार मनाउन जोड दिएका थिए ।

mina-gurung

उक्त अवसरमा पोखरा उद्योग बाणिज्य संघका नवनिर्वाचित सदस्य सीता बराललाई उनको कार्यकालको सफलताको कामना सहित प्रालिका अध्यक्ष मीना गुरुङले माला लगायर वधाई ज्ञापन गरेकी हुन। कार्यक्रममा गायक सन्तोस वस्यालले गित प्रस्तुत गर्दै केहि समय अतिथिहरुलाई छम्छमी चनाएका थिए । प्रालिका अध्यक्ष मीना गुरुङले व्युटि थेरापिस उत्पादन गर्ने उद्धेश्यले आफ्नो प्रालिले मलेसियाको क्लारा इृन्टरनेश्नलसंग सहकार्य गरेको बताईन । उनले प्रालिमा ४ देखि ६ महिनाको व्युटिको डिप्लोमा कोर्ष हुने भएको बताए । महिलाहरु बाहिरि सुन्दरतासंगै भित्रि सुन्तरता सहित आर्थिक रुपमा सक्षम वन्नको लागि पनि महिला उद्यमशिलता आवश्यक भएको गुरुङको भनाइ थियो । प्रालिमा हाल करीब एक सय जना प्रशिक्षार्थीहरु विभिन्न कोर्षको लागि तालिम लिदै गरेको प्रालिका जनरल म्यानेजर प्रजित गुरुङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button