पशुवली अन्त्यका लागि सामाजिक जागरणको टोली मनकामनामा

  • पोखरा न्यूज
  • २०७३ आश्विन १९
Post Thumbnail

पोखरा –

मठ-मन्दिरलाई रक्ताम्य वनाउन नहुनेमा जोड

धर्मका नाउमा आफ्नो जिव्रोको स्वादको लागि पशुवध नगरौ भन्ने उद्घोषका साथ पोखराबाट गएको टोली मनकामना मन्दिरमा सचेतना मुलक विविध कार्यक्रम सञ्चालन गरि फर्कीएको छ ।

सामाजिक जागरणका लागि नारी अभियानको ३५ जना भन्दा वढीको टोली पशुवलीप्रथा अत्य सम्वन्धी सचेतना, सरसफाई तथा अन्तरक्रिया कार्यक्रम सकाएर पोखरा फर्कीएको हो । सुसव्य समाजको निर्माण गरौ पशुवलीप्रथा अत्य गरौ, जसले सचिव प्राणीहरुप्रति सत्रुभाव राख्दैन र कुनैपनी प्राणीलाई हिंसा गर्दैन त्यो नै भगवान्को सवैभन्दा प्रियपात्र वन्दछ, हिंसा रहित दशै मनाऔ, लगायतका नारा अंकित चारवटा व्यानर टास्नुका साथै सरसरफाई सँगै विविध संस्था र स्थानिय वासीको सहकार्यमा पशुवलीप्रथा अत्यका लागी मन्दिर परिसरमा सचेतना मुलक कार्यक्रम गरिएको थियो ।

अभियानका वारेमा जानकारी दिदै अभियन्ता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेलले पशुवध गर्नुु धर्म नभई पाप भएको वताउदै । यस्ता कुप्रथाहरुको अत्यगर्नुुपर्ने आवश्यकता औल्याइनन् । शान्तिको प्रतिक शक्तिस्वरुपा विश्वको चर्चित पर्यटकिय स्थल मनकामना मन्दिरमा रक्ताम्य वनाई धर्म संस्कृतिका नाउमा चलिआएको कुरिति अत्यगर्दै आफुभित्रको पशुत्वभाव अत्य गर्नुपर्ने आवश्यकता औल्याइन् । कार्यक्रम संयोजक ज्ञानु सुवेदीले कार्यक्रममा स्वागत गरेकी थिइन् । कार्यक्रममा सचेतना मुलक ४ वटा व्यानर टासिएको थियो । जसको संरक्षणको जिम्मा प्रहरी कार्यलयलाई दिइएको छ ।

सोही अवसरमा लाइन्स क्लव अफ् पोखरा फेवाससीटिले अभियानमा एक्यवद्धता जनाउदै मन्दिरमा रक्ताम्य वनाउनुहुदैन सफा राख्नुपर्छ भन्ने सन्देशका साथ सरसफाई समेत गरेको थियो । क्वलका अध्यक्ष लक्ष्मी शर्मा वराल लगाएतको टोलीले मन्दिर परिसरमा आयोजना गरेको सरसफाईमा अभियानका टोली, स्थानिय वासी , सुरक्षा निकायका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो । त्यस्तैगरि विश्व अहिंसा दिवसकै अवसरमा व्रह्मकुमारी इश्वरीय विश्व विद्यालय मनकामना शाखामा पशुवलीप्रथा अत्य सम्वन्धी अन्तरक्रिया कायर्यक्रम सहित अभियानका टोलीलाई स्वागत गरिएको थियो । संचालीका व्रह्मकुमाररी कृष्णा र आवुखैरानीका संचालीका व्रह्मकुमारी इन्दीरा पौडेलले स्वागत गर्दै अहिंसाको अभियानमा व्रह्मकुमारी इश्वरीय विश्व विद्यालय साधै साथमा रहेको वताए । अभियानका संयोजक पौडेलले अभियानका वारेमा जानकारी गराएकी थिइन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस