चाडपर्व मनाउँदा राष्ट्रिय एकतालाई ध्यान दिनुपर्छ – महासचिव पोखरेल

रत्ननगर (चितवन) –

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले नेपाल बहुसांस्कृतिक तथा बहुभाषिक देश भएकाले सोही अनुसार चाडपर्व मनाउनुपर्नेमा जोड दिनुभएको छ ।

नेकपा (एमाले) पार्टी कार्यालयले आज यहाँ आयोजना गरेको चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले राष्ट्रिय एकतामा खलल नपर्ने गरी चाडपर्व मनाउनुपर्ने आवश्यकता औल्याउनुभएको होे ।

महासचिव पोखरेलले देशलाई विखण्डन गर्ने षडयन्त्र भने अहिले पनि जारी रहेको जिकिर गर्दै भन्नुभयो– “एकता भत्काउने प्रयास अझै पनि छ, राष्ट्रिय चुनौतीलाई ख्याल गर्नुपर्छ, यसमा चुक्यौँ भने चाडपर्व मनाउनुको अर्थ हुँदैन” ।

पूर्व अर्थमन्त्री तथा एमाले नेता सुरेन्द्र पाण्डेले आर्थिक विकासपछि मात्रै देश विकास हुने भएकाले आर्थिक समृद्धितर्फ ध्यान दिनु आवश्यक भएको बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button