चाडवाडमा मापसे गरि सवारी नचलाउन आग्रह

पोखरा –

चाडवाडको समयमा सडक दुर्घटना बढि हुने हुँदा मादकपद्धार्थ सेवन गरि सवारी नचलाउन पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले आग्रह गरेका छन् ।

लायन्स क्लब अफ पोखरा टुरिजम सिटीले बडा दशैं, दिपावली, छठ तथा नेपाल संवतको अवसर पारेर पोखरामा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी वडा प्रहरी कार्यलय बैदामका प्रमुख प्रहरी निरिक्षक मोहनमणि अधिकारीले सडक दुर्घटनाको तथ्यांक अन्य बेलाको भन्दा चाडपर्वका बेला बढि हुने गरेको बताए । उनले दुर्घटनाका कारण अनाहकमा ज्यान गुमाउनु वा अंगभंग हुनुभन्दा सावधानी अपनाउनका लागि आग्रह गरे ।

क्लबका अध्यक्ष लायन सुदिप पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ वि वानका रिजन चियरपर्सन सुदिपराज ढुङ्गानाले चाडपर्वको मौलिकताको जगेर्ना गर्नुपर्ने बताए । कार्यक्रममा लायन्स क्लब अफ पोखरा पिस हिमायल सिटीका अध्यक्ष भोजराज बराल, लायन्स क्लब अफ पोखरा दोभानका अध्यक्ष शोभा पाण्डे, लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका द्धितिय उपाध्यक्ष निरन केसी, तृतिय उपाध्यक्ष विनय थापा, सचिब सन्जयकुमार मल्ल, सहसचिब निरज पन्त, कोषाध्यक्ष एकराज गिरी, राजु कूवर, अर्जुन केसी, दिपक थापा, किसन गिरी, दमनजंग राणा, सुदिप गुरुङ्ग, पदम पाण्डे, डा. राजन बस्नेत लगायतले शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button