काठमाण्डौको माछापोखरीमा भेटिएको बम निष्क्रिय पारियो (अपडेट)

गणेश बराल ,

पोखरान्युजडटकम –

काठमाण्डौको माछापोखरी नेपालटारमा भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।  बम निक्रिय पारेपछि अहिले  त्यस क्षेत्रमा यातायात सुचारु भएको छ भने स्थानीयबसी आवतजावत गर्न थालेका छन ।

स्थानीय किशोर श्रेष्ठका अनुसार एक भूपू शैनिकले शंख आकारको बस्तु बालाजु वाइपास नजिकै तरुण मा. वि. जाने बाटोमा  देखेपछी  बम भएको आशंकामा प्रहरीलाई खबर गरेका थिए । तत्पश्चात घटना स्थलमा  नेपाल प्रहरी र  नेपाली सेना बम डिस्पोजल टोलिको साथमा पुगेका  थिए । बम भेटिएको भन्ने हल्लाले स्थानीयबासी त्रसित बनेका थिए ।

machha-pokhari-2

बम भेटिएको केहि बेरमै नेपाल प्रहरी तथा सेनाले  उक्त स्थान वरपर सर्वसाधारणलाइ जान बाट रोक लगाएको थियो  भने उक्त स्थान भएर गुड्ने सवारीसाधनलाइ अन्यत्रै मोडिको थियो  ।

 

machhapokhari

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button