डोल्पा घुम्ने पर्यटक बढे

  • पोखरा न्यूज
  • २०७३ आश्विन २१
डोल्पा घुम्ने पर्यटक बढे

|फाइल फोटो

डोल्पा –

डोल्पामा विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । भौगोलिक रुपमा विकट भएपनि प्राकृतिक छटाले भरिपूर्ण डोल्पामा भदौयता पर्यटकको सङ्ख्यामा वृद्धि भएको जुफाल विमानस्थलले जनाएको छ ।

डोल्पा घुम्नका लागि भदौदेखि असोज महिनासम्म उपयुक्त याम भएकाले यस समयमा धेरै पर्यटक यहाँ आउने गरेको त्रिपुराकोट गाविसका स्थानीयबासी विकास न्यौपानेले बताउनुभयो । यस वर्ष उपल्लो डोल्पामा रहेका पर्यटकीय क्षेत्रको भ्रमणका लागि धेरै पर्यटक गएकाले जताततै उनीहरुको पाल टाँगिएको र बाटोमा हिँड्ने ठाउँसमेत नपाइने गरेकाले पनि यस वर्ष धेरै पर्यटक डोल्पा आएको दाबी गर्न सकिने न्यौपानेको भनाइ छ ।

दुई महिनायता मात्रै आठ सयभन्दा धेरै पर्यटक हवाई मार्गबाट जुफालमा झरेको जुफाल विमानस्थलले जनाएको छ । डोल्पा आउने पर्यटकमा अमेरिका, क्यानाडा, फ्रान्स, जापान, जर्मन बेलायतलगायत राष्ट्रबाट धेरै आएको शे—फोक्सुन्दो राष्ट्रिय निकुञ्जले जनाएको छ । डोल्पा पर्यटन व्यवसायको महत्वपूर्ण गन्तव्य भएपनि सडक सञ्जालको सुविधा नहुँदा यो व्यवसाय ओझेलमा परेको त्रिपुराकोटका स्थानीयवासी दुर्गाप्रसाद देवकोटाले बताउनुभयो ।

राज्यले डोल्पाका पर्यटकीय सम्पदाको विकासका लागि उचित प्रचारप्रचार तथा विकास गर्नुका साथै सडक सञ्जालको पहुँच विस्तार गर्नसके करोडौँ राजस्व पर्यटन क्षेत्रबाटै सङ्कलन हुने दाबीसमेत देवकोटाले गर्नुभयो ।

शे—फोक्सुन्डो ताल, सुलिगाड झरना, बाला त्रिपुरासुन्दरी मन्दिर, धो तराप बस्ती, शे—गुम्बा, मष्टा भवानी मन्दिर डोल्पाका प्रमुख पर्यटकीय सम्पदाका रुपमा रहेका छन् । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस