तालबराही र दुर्गा मन्दीरमा भजनकृतन सहित सचेतना

पोखरा –

भगवानका नाम पारेर मन्दिरमा पशुवध नगरौ

मठ मन्दिरमा भगवान्का नाम पारेर आफ्नो जिव्रोको खातिर पशुवध नगरौ, सुसव्य समाजको निर्माण गरौ भन्ने उद्घोषका साथ संचालित सचेतना कार्यक्रम सक्रियताका साथ  पोखराका विभिन्न क्षेत्रमा आवद्ध महिलाहरुले संचालन गरेको सामाजिक जागरणका लागि नारी अभियानले सक्रियताका साथ विभिन्न शक्तिपिठहरुमा सचेतना मुलक कार्यक्रम गरिरहेको छ । सोही अनुरुप शुक्रवार दुईवटा मन्दिरमा सरसफाई तथा भगनकृतन सहित सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

पोखराको चर्चित धार्मीक पर्यटकिय स्थल तालवराही मन्दिरमा भजनकृतन सहित मितेरी नारी समुह सहकार्यमा र पुरानो ऐतिहासीक संपदा दुर्गा मन्दिर छोरेपाटनमा सरसफाई सहित नारी उत्थान दिदीवहीनिको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो ।

awareness-program

तालवराही मन्दिरमा वोल्दै अभियानका संयोजक सुष्मा पौडेलले भगवान्को नाम पारेर मन्दिरमा पशुवध गर्नु महापाप हहो भन्दै टोलटोलमा यस अभियानलाई एक्यवद्धता गर्दै भगवान्कै सन्तान कुनैपनि पशुलाई भाकल नगर्न अनुरोध गरिन् । कार्यक्रम संयोजक तथा मितेरी नारी समुहका अध्यक्ष कमला पहारीले कार्यक्रममा उपस्थित सवैलाई स्वागत गर्दै कार्यक्रमको वारेमा जानकारी दिएकी थिइन् । मन्दिर व्यवस्थापन समुहका उपाध्यक्ष पशुराम पहारीले देवीका नाउमा पशुवध गर्न नहुने भन्दै पहीला भन्दा न्युनिकरण भएको वताए । कार्यक्रममा मन्दिर व्यवस्थापन समिति सदस्य जुना अधिकारी,अन्नपुर्ण वाराही भजन समुहका उपाध्यक्ष होमनाथ पहाी र सदस्य लोकराज पहारीले अभियान अत्यन्त राम्रो भन्दै पशुवली अत्यका लागि सचेतना मुलक भजन समेत प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन सदस्य पवित्रा केसीले गरेकी थिनइन् ।

त्यस्तैगरि शुक्रवार नै पोखराको धार्मीक पर्यटकयि स्थल दुर्गा मन्दिर छोरेपाटनमा सरसफाई तथा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । अभियानका संयोजक सुष्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन नारीउत्थान दिदीवहीनी समुह र समन्वय मन्दिर व्यवस्थापन समितिले गरेको थियो ।

कर्यक्रममा वोल्दै परोपकार महासंघका केन्द्रीय कोषाध्यक्ष विष्णुप्रसाद पौडेलले पशुवध गर्नुपर्छ भन्ने कुरा कुनैपनी धर्म र धार्मीक ग्रन्थमा नलेकीएको वताउदै कुप्रथालाई अत्य गर्नुपर्नेमा जोड दिए । त्यस्तैगरि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदम वहादुर थापाले पोखराको सवैभन्दा पुरानो र एतिहासीक धार्मीक पर्यटकीय स्थल तथा संपदा दुर्गा मन्दिरमा पशुवध गर्न निशेध गरिएको भन्दै माताको चरणलाई रक्ताम्य वनाउनु धर्म होइन पाप भएको वताए । त्यस्तै पुजारी रामप्रसाद नेपालले कसैले भाकल गरेर ल्याए भने पनील संझाई वुझाई पठाइदिने गरेको जानकारी दिए । कार्यक्रममा स्वागत तथा उदेश्यमाथी प्रकाश कार्यक्रम संयोजक तथा नारी उत्थान दिदीवहीनी समुहका अध्यक्ष सरिता घिमीरेले गरेकी थिइन् । कार्यक्रममा व्यवस्थापन समिती, संस्थाका सदस्य, तथा अभियन्ताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button