पोखराको लेकसाईड भन्दा उत्कृष्ट ड्यामसाईड

पोखरा –

ड्यामसाईड कुनै बेला लेकसाईड भन्दा उत्कृष्ट थियो, ड्याम साइडमा बस्ने कोठा नपाए पछी लेक साईड तिर पर्यटक जाने गर्दर्थे । यहाँबाट हिमालयको छाँया तालमा देखिन्छ तर बैदामबाट ताल मात्रै देखिन्छ त्यसैले यसको बिकासको लागि सबै लाग्नु पर्ने बताए ।

यस ड्यामसाइडको बिकासको लागि हामी सबै उठेर सम्बन्धित क्षेत्र नगरपलिका, खानेपानी लगाएतमा गएर कराउने मात्रै होइन झक्झाउनु पर्छ उनिहरुलाई उठाउन जानू पर्ने बताएका थिए । आफुले गर्न सक्ने समान्य सरसफाइ र मर्मतका कार्य गर्न कसैको मुख ताक्नु नहुने पनि बक्ताहरुले बताएका छन् ।

क्लबका अध्यक्ष पदम बहादुर ढकालले क्लबले स्थापना भएदेखि हाल सम्मको गतिविधिको बारेमा प्रकाश पार्दै सोलार बत्तीको कार्य अन्तिम चरणमा पुगेको बताए ।

सो अबसरमा अग्रज पर्यटन ब्यबसायी हरिध्वज तुलाचन, बिमल शेरचन, महेन्द्र कुमार श्रेष्ठ, क्या। इन्द्रबहादुर गुरुङ, इन्जिनियर किसनसिं गुरुङ, अजित शेरचन, बिरेन्द्र हिराचन, यमबहादुर गुरुङ, आत्मा तुलाचन प्रेमबहादुर श्रेष्ठलगायतले बिजया दशमी तथा दिपावलीको शुभकामना व्यक्त गर्दै मन्तव्य राखेका थिए ।

क्लबका अध्यक्ष पदमबहादुर ढकालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन रमेश प्रसाद बरालले र स्वागत कार्यक्रम संयोजक कीर्तिवल्लभ त्रिपाठीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button