राष्ट्रपतिबाट फूलपाती बढाइँ अवलोकन

काठमाडौँ –

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँअन्तर्गत आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोह अवलोकन गर्नुभयो ।

समारोहमा नेपाली सेनाका तर्फबाट राइफल र तोपको बढाइँका साथै मार्चपास गरिएको थियो । सेनाको बढाइँ टोलीबाट इज्जत अर्पण कवाज, कवाजमा भाग लिएका विभिन्न गुल्मद्वारा बढाइँ, मार्च पास गर्दै बढाइँ र नेपालको राष्ट्रिय झन्डाको आकृति चिह्न बनाएर बढाइँ प्रस्तुत गरिएको थियो ।

bidhya-devi-bhandari

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्की, उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा विभिन्न पेसा व्यवसायका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

fulpati

राष्ट्रपति भण्डारी समारोहस्थल पुग्नुहुँदा प्रधानसेनापति राजेन्द्र क्षत्रीले स्वागत गर्नुभएको थियो । सो अवसरमा राष्ट्रपतिसमक्ष नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

फूलपाती बढाइँ समारोह हेर्न सैनिक मञ्च वरपर सर्वसाधारणको भीड लागेको थियो भने सवारी आवागमनमा केहीबेर बाधा उत्पन्न भएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button