पोखरा बृद्धाश्रमलाई ‘सहयोगी नेपाली मनहरु’को सहयोग

पोखरा –

बैदेशिक रोजगारीमा कतार गएका केही नेपाली युवाहरुको अगुवाइमा खोलिएको ‘सहयोगी नेपाली मनहरु’ नामक फेसबुक ग्रुपमा सहभागी युवाहरुले आइतबार पोखरा वृद्धाश्रमलाई सहयोग गरेका छन् ।

बडा दशैका अवसरमा बृद्धाश्रमलाई चाहिने अत्यावश्यक सामाग्रीहरु गु्रपका एक सदस्य उदिम मिडिया प्रालिका निर्देशक तथा पोखराप्लस डटकमका समाचार संयोजक छवि मगरको अगुवाइमा हस्तारण गरिएको हो । विभिन्न क्षेत्रमा सहयोग गर्न यो ग्रुपका सदस्यले स्वस्फूर्त रुपमा रकम संकलन गरेका हुन् ।

old-aged-shelter

बृद्धाश्रमलाई १० थान झ्यालको पर्दा, १० थान ढोकाका लागी पर्दा, ४ बोरा चामल, दाल, चिनी, नुन, बेसार, चियापत्ति, बिस्कुट, मसला, तेल, कपडा धुने साबुन, सरफ, नुहाउने साबुन, मञ्जन, हार्पिक, पोछा लगाएत गरि ३० हजार रुपैयाँ बराबरको सामाग्री वृद्धाश्रमका अध्यक्ष बसन्त केशब पराजुलीलाई हस्तान्तरण गरिएको हो । सहयोग सामाग्री बुझेपछि बृद्धाश्रमका अध्यक्ष पराजुलीले सहयोगी नेपाली मनहरु मा संलग्न युवाहरुप्रति आभार प्रकट गर्दै दिर्घायुको शुभकामना दिएका थिए । ‘विदेशमा काम गर्दा जोगाएको एकएक रुपैंयाँले हामीलाई गरेको सहयोग कहिल्यै भुल्नेछैनौ’उनले भने,‘बृद्धाश्रममा रहेका ६४ जनाको आर्शिवादले ती युवाहरुलाई सँधै सुःख शान्ति मिलोस्, सँधै निरोगी बनुन् ।’

‘सहयोगी नेपाली मनहरु’का संयोजक लोकेश गैह्रे (स्याङ्जा), कृष्णबहादुर बुढाथोकी (झापा), नरेन्द्र चिन्दी मगर (पाल्पा), केशब नेपाली (गुल्मी), सेफुल्ला दिन लगाएत कतारका विभिन्न क्षेत्रमा काम गर्ने नेपालीहरुले खाजाखर्च जोगाएर संकलित रकम वृद्धाश्रमलाई सहयोग गरेको बताए । उनले आनो समुहले कतारबाट फर्किए लगतै मृत्यु भएका पाल्पाका बिरबहादुर बिकका आश्रित परिवारलाई ३१ हजार सहयोग गरेको बताए । यस्तै समुहले साउदी अरेबियामा रामचन्द्र बचाउ अभियानलाई पनि केही रकम आर्थिक सहयोग गरेका थिए ।

कार्यक्रममा उदिम मिडियाका निर्देशक मनोज घर्तीमगर र उदिम मिडियाकी उपस्थिति माकेटिङ म्यानेजर पशुपती वंशीठकुरीको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button