​द नर्थ फेसका ब्राण्डेड सामान अब पोखरामा पनि

अमेरीकाको चर्चीत ब्राण्ड द नर्थ फेसका ब्राण्डेड सामानहरु अब पोखराबाट समेत विक्रि सुरु भएको छ । शेर्पा एड्भेन्चर आउटलेट प्रा.लि.ले विगत १३ बर्ष देखि राजधानिमा भित्राएको उक्त ब्राण्डको शाखा पोखरामा हालै स्थापना गरी द नर्थ फेसका ब्राण्डेड सामानहरु विक्रि सुरु गरेको हो

पोखराको लेकसाईडमा स्थापना भएको उक्त प्रालिको शाखाबाट नर्थ फेसका सामानहरु हिमाल चढ्ने देखि टे«ेकिङमा जानेहरुका लागि बढी उपयोगि हुने प्रालिका कार्यकारी निर्देशक पेमाशान्ति शेर्पाले बताईन । उनले भनिन “ हामीले द नर्थ फेसका सामानहरु नेपालको दोश्रो ठुलो पर्यटकीय स्थल पोखराका पर्यटक र स्थानीयहरुलाई उपलब्ध गराउन उद्धेश्यले गर्दा तेश्रो शाखाको रुपमा पोखरामा स्थापना गरेका हौं, पोखरालगतै हामीले पुनः सोलुखुम्बुको नाम्चे बजारमा खोल्ने तयारी गरेका छौं । ”

५० बर्ष पुरानो ब्राण्ड भएको जुन ब्राण्डबाट उत्पादन भएका सामानहरु प्राविधिक हिसावले अन्य ब्राण्ड भन्दा टिकाउ भएकोले पनि यसको नेपालमा धेरै माग बढ्दै गएको शेर्पाले बताईन । नर्थ फेसका जुक्ता, टोली, टिसर्ट, ज्याकेट सहितका अन्य सामानहरु न्युनतम ५ सय देखि ५० हजार मुल्य बराबरका उपलब्ध भएको प्रालिले जनाएको छ । यस अघि विभिन्न पसलहरुबाट नर्थ फेसका सामानहरु विक्रि भएपनि आउटडोर ब्राण्ड ल्याउने नेपालको आधिकारीक विक्रेता भने शेर्पा एड्भेन्चर आउटलेट प्रा.लि. नै रहेको बताईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button