पोखरा-
दशैं पर्वको अघिल्लो दिन अर्थात नवमीमा पनि पोखरामा चहलपहल भएको छ । अघिल्ले बर्षमा नवमीको दिनमा प्राय सुनसान जस्ती रहने पोखरामा यस बर्ष भनेदैनिक उपभोग्य विक्रि गर्ने र किन्नेको चहल पहल भएको छ ।
नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले अघिल्ला बर्षको दशैंमा भन्दा यस बर्षको दशैं पर्वको अवसरमा बजारमा पैसा धेरै भएको तथा व्यक्तिहरु सहज रुपले घर जाने कुनैग्यारेन्टी नभएकोले गर्दा पनि पोखराको बजारमा दशैंको अघिल्लो दिनसम्म पनि चहलपहल भएको बताए । उनले भने “ हाम्रो दशैं पर्वको समयमा लक्ता कपडा सहितका अन्य सामानहरु किन्ने प्रवृत्तिले गर्दा र विक्रेताले पनि दशैंमा विभिन्न छुट सतिका सामानहरु विक्रि गर्ने प्रचलनले गर्दा पनि पोखरामा चहल पहल भएको हो । ”
पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले यस बर्ष पोखरेलीहरुले हर्स उल्लाहासका साथ दशैं पर्व मनाउने वातावरण भएको तथा पोखराको जनसङख्या समेत बृद्धि भएकोले दशैंको अघिल्लो दिनमा पोखरामा चहल पहल भएको बताए । उनले भने “ अघिल्लो बर्ष भूकम्प र नाकान्दीले मार खेपेका पोखरेलीले यस बर्ष सहज भएकोले पनि अघिल्लो बर्षको तुलनामा बजारमा चहलपहल भएको हो । ”
पृथ्बीराजमार्ग बस संचालक समितिका महासचिव योगेन्द्र केसीले दशैंको अघिल्लो दिन असोज २४ र दशैंको दिन असोज २५ गते र दशैैंको भोलि पल्टसम्म फ्रि क्यु भएकोले गर्दा धेरै गाडीहरु संचालन भएको बताए । अन्य दिनमा दैनिक ४ सय २४ क्यु संचालन हुने भए पनि फ्रि क्युमा भने करीब ५ सय गाडी संचालन हुने भएको उनले जनाए । देशका धेरै ठाँउमा सेवा संचालन गरेको समितिद्धारा संचालित वसहरुले फ्रि क्युमा संचालन भए पनि नेपाल सरकारले तोकेको भन्दा बढी भाडा लिन नपाउने उनले बताए ।





