काठमाडौँ-
बडादसैँको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टीका लगाइदिनुभएको छ ।
दिउँसो २ः०० बजेपछि सर्वसाधारणलाई टीका लगाउने कार्यक्रमअनुरुप अहिले राष्ट्रपति कार्यालय शीतल निवासमा उनीहररुलामबद्ध भएका छन् ।
राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश सुशीला कार्कीलाई पनि टीका लगाइदिनुभएको छ ।
राष्ट्रपति भण्डारीबाट पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वमन्त्री, सांसद, सुरक्षा निकायका प्रमुखलगायतले टीका तथा प्रसाद ग्रहण गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार टीका लगाउन सर्वसाधारण लामबद्ध रहेकाले साँझसम्म कार्यक्रम जारी रहनेछ ।
यसअघि बिहान ८ बजेर ४५ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्यालबाट टीका तथा जमरा ग्रहण गर्नुभएको थियो । राष्ट्रपतिले परिवार र आफन्तजनलाई पनि सोही साइतमा टीका लगाइदिनुभएको थियो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution